साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘सम्झनामा तारानाथ शर्मा’ सिक्किममा लोकार्पित

वरिष्ठ साहित्यकार तारानाथ शर्मासँग सम्बन्धित ‘सम्झनामा तारानाथ शर्मा’ कृतिको सिक्किममा लोकार्पण गरिएको छ । सिक्किम सरकारका मुख्यमन्त्री पि.एस. गोलेले जेठ २३ गते एक समारोहका बीच पुस्तकको लोकार्पण गर्नुभयो ।

जेन कवि कृष्ण प्रसाईँको सम्पादनमा सो कृतिलाई जरा फाउन्डेसनले प्रकाशन गरेको हो ।

bahulako diary small and inside post

सो पुस्तकमा तारानाथ शर्माको निधनको समयमा लेखिएका श्रद्धाञ्जलि र उहाँसँग सम्बन्धित चिठीपत्र र फोटोहरू संकलन गरिएको छ ।

सोही अवसरमा केही दिनअघि नेपालको श्रीअन्तुमा कला एकेडेमी सिक्किमको आयोजनामा अनौपचारिक रुपमा लोकार्पण गरिएको जेन कविता संग्रह घामको आयुको समेत लोकार्पण गरिएको थियो । यी दुवै पुस्तक सिक्किमको विविध कला एकेडेमी र प्रेस क्लब अफ सिक्किमले एक समारोहमा पुनः विमोचन ग-यो र सो कार्यक्रममा कृष्ण प्रसाईँद्वारा जेन कविता वाचन र सिक्किम विश्वविद्यालयको संगीत विभागले एक दर्जन कलाकारहरुबाट सांगीतिक प्रस्तुति गरेको थियो ।

 

प्रतिक्रिया
Loading...