साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पुरुषोत्तम, रसिक र मोमिलालाई ‘मधुपर्क सम्मान’

गोरखापत्र संस्थानबाट प्रकाशित हुँदै आएको साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले  नेपाली भाषा साहित्यका तीनजना साधकलाई सम्मान गर्ने भएको छ ।  ‘मधुपर्क’ आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा तीन स्रष्टाहरू पुरुषोत्तम बस्नेत, गणेश रसिक र मोमिला जोशीलाई  सम्मानित गर्ने घोषणा गरेकाे हो ।

मधुपर्कले २०७९ सालको गद्यतर्फको ‘मधुपर्क सम्मान’ सर्जक बस्नेतलाई प्रदान गर्ने भएको छ । साहित्यकार बस्नेतले मधुपर्कको सुरुवातदेखि नै योगदान दिएको जनाइएको छ । बस्नेतका कथा, कविता, निबन्ध र संस्मरणहरू प्रकाशित छन् । उनको राजनीतिकेन्द्रित पुस्तकहरू पनि प्रकाशित छन् ।

bahulako diary small and inside post

यस्तै, साहित्यकार तथा संगीतकार गणेश रसिकलाई पद्यतर्फको मधुपर्क सम्मान प्रदान गरिने भएको छ । रसिकले मधुपर्कको सुरुवातदेखि नै निरन्तर साहित्यिक योगदान दिएको जनाइएको छ । रसिकका गीत, सङ्गीत मात्र नभएर कविता, संस्मरण र उपन्यास पनि चर्चित छन् ।

सम्बन्धित पोस्टहरु

मधुपर्क मासिकले युवा साहित्यकार मोमिला जोशीलाई २०७९ सालको ‘मधुपर्क प्रतिभा सम्मान’ प्रदान गर्ने भएको छ । कविता, निबन्ध लेखनमा उनको योगदानको रहेको मधुपर्कले जनाएको छ ।

साहित्यकार डा. ध्रुवचन्द्र गौतमको संयोजकत्वमा मधुपर्कका सम्पादक जयदेव भट्टराई र नायव कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले रहेको समितिले सम्मानका लागि स्रष्टाको नाम सिफारिस गरेको थियो ।

मधुपर्क सम्मान पत्रिकाको वार्षिकोत्सवका दिन यही जेठ ३० गते प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया
Loading...