
काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘केवरत जातिका लोकगीत’ नामक पुस्तक प्रकाशित गरेको छ ।
प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) अनुसन्धान विभागको परियोजनाअन्तर्गत केवरत वाङ्मयका विज्ञ तथा उपप्राध्यापक चतुर्भुजलाल दास केवरतले पुस्तक तयार पार्नुभएको हो ।
‘केवरत जातिका लोकगीत’ पुस्तकको अध्याय एकमा केवरत जातिको सङ्क्षिप्त चिनारी, अध्याय दुईमा लोकगीतको सैद्धान्तिक रूवरुप, अध्याय तीनमा केवरत जातिमा लोकगीत, अध्याय चारमा केवरत लोकगीत प्रयोगका सन्दर्भहरू र अध्याय पाँचमा निष्कर्ष रहेको छ ।
‘केवरत जातिका लोकगीत’का बारेमा अध्ययन, अनुसन्धान गर्न चाहने अनवेषक तथा लोकगीतका बारेमा जान्न चाहनेहरूका लागि पुस्तक उपयोगी बन्ने देखिन्छ ।
१५६ पृष्ठको पुस्तकको मूल्य रु. १९५ रहेको छ । पुस्तक प्रज्ञा भवनस्थित पुस्तक बिक्री कक्षमा पाउन सकिने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभा सम्पन्नः २५ करोड २६ लाख बजेट तर्जुमा
‘समपरिधानको महत्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक गोष्ठी सम्पन्न
“नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव” विचार-गोष्ठी सम्पन्न
२१ कार्तिक २०८२, शुक्रबार 






