साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘कैँची’ विमोचित

हरिशरण परियारको कविताकृति कैँची गत शनिबार शिल्पी थिएटरमा विमोचन गरियो ।

लेखक तथा राजनीतिक विश्लेषक आहुति, राजनीतिक टिप्पणीकर्ता उज्ज्वल प्रसाइँ र विभूति भट्टराईले सो कविताकृतिलाई विमोचन गर्नु भएको थियो ।

bahulako diary small and inside post

कवि हरिशरण परियारको यो प्रथम कृति हो । उन्मुक्त पुस्ता साहित्य अभियानसँग जोडिनु भएका हरिशरणका यसअघि दुई वटा संयुक्त कृति पनि बजारमा आइसकेको छ ।

हरिशरणका कविताहरू शक्तिशाली भएको आहुतिले सो अवसरमा बताउनुभयो । कविसँग स्पष्ट दृष्टिकोण रहेको पनि बताउनुभयो ।

अर्का समीक्षक प्रसाइँले विम्बमाथि कविले राम्रो प्रयोग गरेको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै विभूति भट्टराईले सरल शब्दमा ठूला ठूला छविहरू उहाँले निर्माण गर्नु भएको बताउनुभयो । विद्रोही भाषा प्रयोग गरिएको भन्दै यी कवितामा वर्तमानलाई ब्युँझाउने शक्ति रहेको बताउनुभयो ।

पुस्तकलाई बेला पब्लिकेसन्सले बजारमा ल्याएको छ ।

प्रतिक्रिया
Loading...