साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बौद्ध साहित्य प्रतियोगिता शुरू, उत्कृष्ट ५ कथालाई ४ हजार पुरस्कार

लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्धसाहित्यको खोजी सङ्कलन गरी उत्कृष्ट सिर्जना समेटेर बृहत् ग्रन्थ प्रकाशन गर्ने भएको छ । सो कार्यका लागि बौद्ध कथा लेखन प्रतियोगिता आयोजन गरिने भएको छ ।

यसरी प्रकाशन भएको सामग्रीलाई विश्वविद्यालयको स्नातक तहको पाठ्यपुस्तकमा समेत समावेश गरिने भएको छ ।

bahulako diary small and inside post

नेपाली साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यले गरिने यस्ता सत्कार्यप्रति सहयोग गर्न विश्वविद्यालयले आग्रह गरेको छ ।

सम्बन्धित पोस्टहरु

कथा बौद्ध दर्शन, शिक्षा र साहित्य तथा गौतम बुद्धको जीवनी, जातक कथा, बुद्धकालीन घटना, थेरगाथा, थेरीगाथा आदिमाथि कलात्मक आख्यानीकरण हुनुपर्ने विश्वविद्यालयद्वारा जारी सूचनामा जनाइएको छ ।

कथा न्यूनतम १२०० देखि १५०० शब्दको हुनुपर्ने जनाइएको छ । कथा पठाउने अन्तिम मिति २०७९ जेठ २८ गते रहेको छ । कथा facultyofbuddhiststudies@lbu.edu.np  वा manikshakya10@gmail.com पठाउन सकिने जनाइएको छ ।

उत्कृष्ट पाँच कथालाई चार हजार रूपैयाँ र अन्य १० कथालाई सान्त्वना स्वरूप एक हजार रूपैयाँ प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया
Loading...