काठमाडौँ, जेठ १६/ राष्ट्रिय महिला आयोगको सभाकक्षमा हिजो (जेठ १५) भूगोल साहित्य समाजले एक विमोचन समारोहको आयोजना गर्यो ।

ओम आचार्य, किसन पौडेल, खगेन्द्र बस्याल, टंक पन्थ, जयनाराण नेपाल, मुरारीराज मिश्र, एल पी पराजुली, विनोद नेपाल र हृदय लेकालीको संयुक्त छेस्का कवितासङ्ग्रह ‘अभिव्यञ्जना’, ओम आचार्यको कवितासङ्ग्रह ‘फूलको हार्दिकता ‘ र एलपी पराजुली रम्वास ‘काव्य सुधा’ र छेस्कासङ्ग्रह ‘छनक’को विनोद नेपाल, प्राज्ञ देवी नेपाल, राबा बैङ्कका प्रमुख का.अ. किरणकुमार श्रेष्ठ लगायतका अतिथिले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

विमोचित कृतिहरूमाथि टङ्क पन्थ, दीपक सुवेदी लगायतले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरू लव गाउँले, प्रकाश घायल, कणाद महर्षि, प्रतीक ढकाल, भगवती खतिवडा, वासुदेव गुरागाईं, कलानिधि दाहाल, गुप्त बहादुर श्रेष्ठ, राजबाबु श्रेष्ठ सागर, रूद्र अधिकारी, वेदमणि घिमिरे, भाग्यशाली अधिकारी, जनार्दन अधिकारी, दीपक लोहनी, र भारतबाट डा. शुकराज दियाली, तेजनाथ बराइली, धर्मराज अधिकारीलगायत देविका तिमिल्सिना, खेमराज पोखरेल (अमेरिका) छायाँदत्त न्यौपाने, दिव्य गिरी, हरिश्चन्द्र गौतम, रञ्जना निरौला, विमला अधिकारी, तर्कना शर्मा, ममता मृदुल तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रह्यो ।

कार्यक्रमको अध्यक्षता भूगोल साहित्य समाजका सभापति विनोद नेपाल र कार्यक्रम सञ्चालन शैलेन्द्र कुमार शाहले गर्नुभएको थियो ।