अस्ट्रेलियामा बसोबास गर्दै आएका गीतकार राजेन्द्र राईले ‘तिम्रै हुँ म’ गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् ।

गीतको भिडियो युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ ।

गीतकार तथा संगीतकार राजेन्द्र राईकै शब्द संगीतमा अहिलेकी चर्चित गायिका मेचु धिमालले आवाज दिएकी छन् ।

पदम रजन मगरले संयोजन गरेको गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

भिडियोमा चर्चित मोडल रेखा लिम्बु र भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट ज्वाला राईले अभिनय गरेका छन् । जीवन मुकारुङको निर्देशन रहेको भिडियोमा देव चामलिङको नृत्य निर्देशन, मनोज राईको छायाङ्कन तथा सम्पादन रहेको छ ।

[embedyt] https://www.youtube.com/watch?v=MRPG7hh1cjQ[/embedyt]