वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा उठेका तीन कविले यो बेला संसारभरिका नेपालीको ध्यानाकृष्ट गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन शाह र धरान उपमहानगरपालिकाको मेयरतर्फ हर्क साम्पाङ राईले सर्वाधिक चर्चा पाए । यो सूचीमा काठमाडौँको सबैभन्दा उत्तरी भेगको बूढानीलकण्ठ नगरपालिकाको उपमेयरकी उम्मेदवार अनिता लामा पनि परेकी छन् । उनी नाम चलेकी कवि हुन् ।

काठमाडौँका मेयरमा निकट निर्वाचित बालेन शाह राम्रा कवि र -यापर हुन् । उनी आफ्ना -यापहरू आफैँ लेख्ने गर्छन् । यसैगरी धरान उपमहानगरपालिकाका निर्वाचित मेयर राई पनि कवि, गीतकार तथा गायक पनि हुन् । राईका गीतहरू यतिबेला फेसबुक, टिकटकभरि भाइरल भइरहेका छन् । यसैगरी लामा स्थापित कवि हुन् । उनका ‘समर्पण’, ‘अर्पण’ र ‘आतुङ’ गरी तीन कविता सङ्ग्रह प्रकाशित छन् । उनले एकल कविता वाचन पनि सम्पन्न गरिसकेकी छन् ।

कवि तथा -यापर बालेनले काठमाडौँमा फराकिलो मतका साथ अघि बढिरहँदा अर्का कवि तथा गीतकार हर्क भने धरानमा विजयी घोषित भएका छन् । बालेन र हर्कले स्वतन्त्र उमेदवारीमार्फत लाैराे चिन्ह लिएर चुनावी मैदानमा हाेमिएका थिए भने अनिता नेकपा (एमाले) की संगठित सदस्यका नाताले सूर्य चिन्ह लिएर जित हासिल गरेकी हुन् ।

यतिबेला तीन जना उम्मेदवारकै गीत तथा कविताहरू भाइरल भएका छन् । त्यसमध्ये बालेनका रचनाहरू चुनावी अभियानका लागि संसारभरिका नेपालीहरूले सेयर गरेका थिए भने हर्कले आफैँ गाउँदै चुनावी प्रचार गरेका गीतहरू अहिले भाइरल बनेका छन् । त्यसैगरी कवि अनिता लामाका गुगलमा कविता खाेज्ने क्रम निकै बढेकाे छ । धेरैअघि साहित्यपाेस्टमा छापिएका उनका कविताहरू अहिले अत्यधिक पढिन थालिनुले पनि यही संकेत गरेकाे छ ।

भाइरल भएको बालेनको चुनावी क्याम्पेन गीत यस्तो छः

[embedyt] https://www.youtube.com/watch?v=VZfKqojCmeg[/embedyt]

 

त्यसैगरी हर्कका यी कविता, गीत र जाेक्सहरू पनि भाइरल बनिरहेका छन् । उनका भाइरल भएका भिडियोहरूमध्ये यो निकै रूचाइएको छ ।

[embedyt] https://www.youtube.com/watch?v=7oPoprzS948[/embedyt]

अनिता लामाकाे सर्वाधिक पढिएकाे कविता भने यस्ताे छः

अनिता लामाका पाँच कविता | साहित्यपोस्ट (sahityapost.com)