नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपाली ‘कवि’ भएको बताएका छन् । कवि मिना श्रेष्ठको कवितासङ्ग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै ओलीले नेपालीहरू जातैले कवि रहेको बताउँदै हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुने बताएका हुन् ।
‘मेरो विश्वास यो छ कि, नेपालीहरू जातैले कवि हुन् । हरेक नेपालीको नामको अन्त्यमा कवि लेखिदिए हुन्छ,’ उनले भने,’उहिल्यै लिपी पैदा हुनुभन्दा अघि पनि गाउँथे; काव्य रचना गर्थे । काव्यको रचना‚ छन्दको रचना यस भूमिमा थियो भन्ने कुरा गर्दा समेत खुसी लाग्छ ।’
उनले दोहोरी खेल्न पनि नेपालीहरू अब्बल रहेको बताए । उनले भने, ‘नेपालमा जस्तो दोहोरी खेल्न कसैले सक्छ ? भन्ने मात्रै होइन नि‚ खुत्रुक्कै गरी भन्छ । कसरी भन्छ त्यो काव्यता, लय कसरी आउँछ ? कहिलेकाहीँ नबुझेर एकछिन हाँसो उठ्छ । मर्मको गहिराइमा पुगेपछि बल्ल थाहा हुन्छ – कति महान् कवित्व त्यहाँ प्रकट भएको हुन्छ ।’
आफू स्वयम् पनि कविता लेख्ने पूर्वप्रधानमन्त्री ओलीले कार्यक्रममा आफू पनि कवि रहेको बताएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।