अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विजयराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । आगामी कार्यसमिति २०२२-२०२४ को निर्वाचनका लागि उक्त समिति गठन गरेको हो ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा ८ मे , २०२२, शनिबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको प्रमुख निर्वाचन आयुक्तमा विजयराज भट्टराई तथा निर्वाचन आयुक्तहरूमा तीर्थ पाण्डे, पुष्पा खनाल, कुमारबाबु सिम्खडा, डा. मुकुन्द बाग्ले पथिक सदस्य रहनु भएको छ ।

अनेसासको विधानानुसार प्रत्येक दुई-दुई वर्षको जुन १० बाट निर्वाचन प्रक्रिया सुरु भएर जुलाई १० सम्ममा अन्तिम नतिजा प्रकाशन गरिसक्नुपर्ने हुन्छ ।