गण्डकी साहित्य सङ्गम, पोखराले २०७८ सालको गोकुल वाङ्मय पुरस्कार वरिष्ठ आख्यानकार तथा समालोचक डा. ऋषिराज बराललाई प्रदान गर्ने भएको छ ।
तीन सदस्यीय प्रतिभा छनोट समितिले सर्वसम्मत रूपमा सिफारिस गरेअनुसार संस्थाले उक्त निर्णय गरेको हो ।
पुरस्कारको राशि ४० हजार रूपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कार गोकुल जयन्तीको अवसर पारी जेठ ८ गते प्रदान गरिने भएको छ ।
डा. बरालले चार दशकभन्दा बढी समयदेखि निरन्तर सिर्जनात्मक र समालोचनात्मक रचनाहरू गर्नु भएको छ । उहाँका २५ भन्दा बढी कृति प्रकाशित छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला