२५६६ ओैैँ गाैतम बुद्ध जयन्तीकाे विशेष अवसरमा २०७९ जेठ २ गते टुक्का साहित्य समाजकाे आयाेजनामा “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३६” सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ७० टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । टुक्का पाठशालामा सञ्चालन भएकाे उक्त कार्यक्रममा सहभागी टुक्काकारहरूले बुद्धाेपदेश, अहिंसा, शान्ति तथा गाैतम बुद्धकाे जन्म जयन्ती सम्बन्धी चाेटिला टुक्का कविताहरू सिर्जना गरेका थिए ।

कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईंले मानिस सर्वश्रेष्ठ प्राणी भएकाे कारण हामीले सम्पूर्ण मानव जगत् लगायत चराचर जीवहरूकाे हक, अधिकारकाे रक्षा गर्दै सुख, शान्ति, संवृद्धी का लागि विशेष भूमिका खेल्नु पर्ने कुरामा जाेड दिँदै २५६६ ओैँ गाैतम बुद्ध जयन्ती तथा बैशाख पूर्णिमा काे अवसरमा शान्तिका प्रतीक गाैतम बुद्ध जन्मिएकाे हाम्राे देश नेपालमा दिगाे शान्ति छाओस भन्दै विश्वभरबाट सहभागी भई सुन्दर टुक्काहरू सिर्जना गर्ने टुक्काकारहरू, टुक्का प्रेमीहरू तथा देश विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका थिए ।

अभ्यासका क्रममा सङ्कलन गरिएका गाैतम बुद्ध जयन्ती सम्बन्धी टुक्का कविताहरू

[१]
१.
शान्तिका अग्रदुत गाैतम बुद्ध एशियाका तारा
बुद्ध दर्शनकाे ज्ञान पाई सुखी भाे संसार सारा ।
२.
हत्या हिँसा त्यागेर आउ शान्ति खाेज्दै बढाैँ,
दुखबाट मुक्ति बुझ्न बुद्धाेपदेश पढाैँ ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास

[२]
१.
अहिंसाका पुजारी हुन् गाैतम बुद्ध उनै ,
अकालमा प्राणत्याग नगरुन् जीव कुनै ।
२.
हत्या हिंसा काटमारले हुदै हुन्न भलाे ,
नैतिक शिक्षा संस्कारले चाेख्याउनु थलाे ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा

[३]
१.
सिद्धार्थबाट बुद्ध भए बोधिवृक्षको शीतलतामा
कोसिस गरौँ हामी पनि बुद्ध झैँ बाँच्न निश्छलतामा।
२.
लुम्बिनीमा जन्मिए बुद्ध नेपालको नाम राख्दै
आत्म-शान्ति पाए धेरैले नै उनको वाणी चाख्दै।
✍️ दीपक ठटाल जलन
खरसाङ

[४]
१.
शान्तिको सन्देश पुराउनै पर्छ है घर घर,
गौतम बुद्धको अनुसरण गरौँ वरपर।
२.
नेपाल हाे महान दार्शनिककाे जन्म थलो,
बुद्धकाे विचारधाराले भयाे जगत भलो।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही१८

[५]
१.
बुद्ध जन्मेको देश तर अशान्ति छायो
विकास गर्ने पैसा जति नेताले खायो ।
२.
संसारमा फैलाउॅ बुद्धको शान्ति सन्देश
बचाएर राखॅौँ है हाम्रो भाषा अनि भेश ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरंग हाल- प्रवास

[६]
१,
शान्तिको दुत बनेर जन्मिए गौतम बुद्ध,
बुद्धको जस्तै हामी पनि बनाउँ मन शुद्ध।
२,
सत्मार्गमा हिडौँ सबले बुद्ध जस्तै ज्ञानी,
बनौन सबै हामी पनि बुद्धकाे झैँ ध्यानी।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा

[७]
१.
ज्ञानले नै बनाए बुद्धलाई एशियाको तारा,
शान्तिदूत बुद्ध जगमगाए विश्व भरी सारा।
२.
अहिंसा, शान्ति, प्रेमले जितिन्छ संसार बुद्धको ज्ञान,
मानव भएपछि मानवमा हुनुपर्छ स्वाभिमान।
✍️ शरद प्रधानाङ्ग
विराटनगर -७

[८]
१.
एसियाका तारा तिमी नेपालीका शान,
व्यक्तिगत सुख त्यागी उच्च पार्‍यौ मान ।
२.
अहिले पनि खाँचो छ आऊ फर्केर बुद्ध ,
पारिदिनु छ तिमीले सबैका मन शुद्ध ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ ।

[९]
१.
शान्ति परम धर्म भन्ने जो थिए
एशियाका तारा भनेर चिनिए ।
२.
सुख-शान्ति चाहने थिए एक बुद्ध
आज मै हुँ भन्नेहरू गर्दछन् युद्ध।
✍️ परिक्रमा श्रेष्ठ
धरान- सुनसरी ।

[१०]
१.
बुद्धकाे संसारमा आज बुद्धुहरूकाे संख्या बढ्याे,
शान्तिकाे खै के अपेक्षा गराैँ? अशान्तिको पाराे चढ्याे।
२.
बुद्ध पथमा हिड्याैँ भने शान्तिकाे मुहान भेटिन्छ,
युगाैँ देखि अतृप्त प्यासीकाे तिर्खा सहजै मेटिन्छ।
✍️ मित्र उराठी गाैतम
अमरपुर- गुल्मी
हाल: तिलाेत्तमा न पा -२, रुपन्देही

[११]
१.
शान्ति फैलाइ रहनु देशमा बुद्ध आएर
सधैँ सुखी जीवन बिताउनु खुसी पाएर ।
२.
सहिदकाे रगतले लेखेकाे याे देशकाे माटोमा
जनता चाहन्छन् बुद्धलाई भ्रष्ट नेताको साटोमा ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड

[१२]
१.
ध्यानबाट आफूलाई चिने, सिके त्याे गूढ ज्ञान,
‘एसियाकाे प्रकाश’ भई बने सिद्धार्थ महान ।
२.
पञ्चशील नै जीवनकाे, अभिन्न मन्त्र हाे जान,
जन्मेपछि मर्नुपर्छ सबले, यै सत्य विज्ञान ।
✍️ गोपाल कृष्ण डंगोल
इटहरी, प्रदेश १

[१३]
१.
शान्ति प्रिय नेपालीका अग्रदुत बुद्ध
फेरि जन्मिएर आऊ देश छ अशुद्ध ।
२.
एसियाका तारा तिमी सर्वसम्मत तिम्रो भावना
पच्चिस सय छैसट्ठीऔँ जयन्तीको शुभकामना ।
✍️ गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका

[१४]
१.
ज्ञान ध्यान शान्ति पाउन शुद्ध चित्त राखौँ,
बुद्धत्व रसास्वादन एक पटक चाखौँ।
२.
आफूलाई पहिला चिन्नु संसार बुझ्न खोज्दा,
डुबिदैन भवसागर बुद्धत्व ज्ञान रोज्दा।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[१५]

हरेक मन मस्तिष्कमा बुद्धत्वले बास गरोस् ,
शान्ति, सद्भाव अहिंसाको प्रेमिल सुवास छरोस् ।

जपतप ज्ञान ध्यानले चित्त सदा शुद्ध पार्नुपर्छ
बुद्धि विवेक पुर्‍याएर अहङ्कारलाई झार्नुपर्छ ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर, झापा

[१६]

शान्तिको राजा महान हुन् तिनी बुद्ध
उनको जस्तै मन पारि राखौँ शुद्ध ।

बुद्धको झैँ मन रहोस् उच्च बनाेस् भावना
सबैमा याे बुद्ध जयन्तीको शुभकामना ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया

[१७]
१.
शान्ति दूत गौतम बुद्ध एशियाका तारा,
बुद्धत्त्वको ज्ञान सिक सारा जगत सारा ।
२.
अहिंसाको पाठ पढाउँ सिङ्गो विश्वभर ,
जीव जन्तु यावतमा समान माया गर !
✍️ बिबस पारदर्शी
भद्रपुर-२ झापा

[१८]
१.
बुद्ध हुन् प्रतीक शान्तिका,
ज्ञानका हुन् राम्रो वाटिका।
२.
हिंसारहित सारा दुनियाँ बनाउन,
खानदानी त्यागे सदाचारी सिकाउन।
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

[१९]
१.
शान्तिकाे प्रतीक बुद्ध तिमी एसियाकाे तारा,
बुद्ध जयन्ती मनाउँ मनन् गराैँ वाणी सारा ।
२.
उम्रिएका लाेभ, पाप र हिंसाकाे अन्त्य गर्न,
आउ है बुद्ध फेरि पनि शान्तिकाे ज्ञान छर्न।
✍️ शान्ति याक्साे
काठमाडौं ।

[२०]
१.
हाम्रो मन, वचन, कर्मलाई राखेर शुद्ध,
हृदयमा कैयौँ पटक जपौँ गौतम बुद्ध ।
२.
शान्तिको उद्यानमा घुमोस् भमरा,
सदा सदा शान्त रहिरहुन् धरा ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।

[२१]

शान्तिका अग्रदूत बनि अहिंसा विश्वमा छर्याै
बुद्धत्व विश्वभर छर्दै नाम नेपालकाे भर्याै।
२.
मायादेवी शुद्धाेदन मातापिता तिम्रा
मन शान्त राखि पुज्छाैँ भगवान हाम्रा ।
✍️ निरज कोइराला
बेलका १ उदयपुर हाल इटहरी

[२२]
१.
फर्कि आऊ बुद्ध नेपालमा छाइरहोस् शान्ति,
तिमी बिना छैन कसैको अनुहारमा कान्ति।
२.
विश्वभर नै शान्तिकाे प्रतीक तिमी अग्रदूत,
यहि धर्तीमा फेरी जन्मिउन् तिमी जस्ता सपुत।
✍️ शर्मिला श्रेष्ठ
भैंसेपाटी, ललितपुर

[२३]
१.
त्यागी लोभ-लालच ऐश्वर्यभित्रै कर्तव्य रोजेको,
बुद्ध झैँ ज्ञानी सपुत देऊ आमा सृष्टिले खोजेको ।
२.
कंस झैँ दुष्ट नाश बन्दै जाऊन् प्रह्लादको जय होस् ,
वैमनस्यता, छलकपट, हिंसा विश्वमा नआओस् ।
✍️ धनु शर्मा
पाेखरा

[२४]
१.
शान्तिको प्रतीक हाे हाम्रो नेपाल
बुद्व जन्मेको तपोभूमी विशाल।
२.
सुन्दर शान्त नेपाल थियाे अाज कहाँ गयो ?
बुद्ध जन्मिएकाे देशमा नै शान्ति भङ्ग भयाे ।
✍️ रश्मि रिमाल
झापा

[२५]

शान्ति उपदेश छर्दै आए महामानव बुद्ध
उनकै बाटाे पहिल्याऔँ हामी राखी मन शुद्ध ।

मिठाे बाेलाैँ सत्य बाेलाँ राखि भाव मानवता
हत्या हिंसा त्यागाैँ सब छाेडी रुप दानवता ।
✍️ कृष्ण अधिकारी
बिर्तामाेड, झापा ।

[२६]
१.
संसारकै शान्ति प्रिय थिए गैतम बुद्ध,
मानव भित्र हुनु पर्छ सधैँ चित्त शुद्ध।
२.
ज्ञान र गुणका धनी गौतम बुद्ध थिए,
राम्रा राम्रा उपदेश विश्वभरी नै दिए।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल

[२७]
१.
अशान्ति मात्र भेटिन्छ अचेल सबै परिवेशमा
शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशमा।
२.
हे बुद्ध ! तिमी आएर फेरि बुद्धत्व फिँजाऊ
शान्तिको पाठ पढाई फेरि देश यो बचाऊ।
✍️ प्रीति आत्रेय ज्ञवाली
बुटवल हाल प्रवास

[२८]
१.
चेतना क्रान्ति
मनमा शान्ति ।
२.
फैलाए ज्ञान
गरेर ध्यान ।
३.
बुद्धको वचन
मान्नुपर्छ जन ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर

[२९]
१.
कहाँ पुग्यौ बुद्ध तिमी बोकी तिम्रो शान्ति,
जताततै हिंसा देख्छु चलेको छ क्रान्ति ।
२.
बोकेर लोभ लालच रहेर अशान्त,
तड्पिने गर्छ मानिस भनिने सम्भ्रान्त।
✍️ वसन्त अनुभव
घोराही, दाङ

[३०]
हरायौ कि बुद्ध तिमी डरायौ कि आज,
शान्तिभूमी भन्न पनि लाग्न थाल्यो लाज ।
✍️ रामजी लामिछाने
पाेखरा

[३१]

अहिंसा र ब्रह्मचारी हो रोजाइको पाटो ,
शान्ति, उपदेशले दिए सत्मार्गको बाटो ।

त्यागी, ध्यान, साधना, जप असङ्ख्य गनेर,
सिद्धार्थबाट निस्के गौतम बुद्ध बनेर ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

[३२]
१.
शान्तिका दूत हे बुद्ध तिमी छौ कता
दर्शन दिन एक पल्ट आऊ यता ।
२.
भ्रष्टाचार र व्यभिचारले घेर्यो देशलाई
आउ सत्सङ्ग सुनाई भरिदेऊ त्यसलाई।
✍️ सरस्वती श्रेष्ठ
इटहरी

[३३]ञ
१.
बुद्ध फेरि जन्म भन्नु भन्दा आफूभित्र बुद्धत्व जन्माऊ,
मन भरिको कालो मैलोलाई जति सक्दो चाँडाे अन्माऊ।
२.
तिमी कसैको शरणमा नजाऊ आत्माको पुकार सुन्नु,
नराम्रो त्यागेर राम्रो मात्र साेच्दै मनमा बुद्धत्व गुन्नु ।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[३४]

शान्तिका अग्रगामी गौतम बुद्व आउन,
नेपालमा फेरि पनि दिगो शान्ति ल्याउन ।

नेपाली हाैँ भनेर परिचय दिन हुन्छ लाज,
बुद्व जन्मेको देशका जनमा अशान्ति छ आज ।
✍️ भगवती दवाडी
दमक, झापा

[३५]
१.
गौतम बुद्धको जन्म नेपालमा भयो,
विश्वमा नेपालीको नाम रहन गयो।
२.
नेपाल र नेपालीको शान,
गौतम बुद्ध भए महान।
✍️ सुशीला पाैडेल

[३६]
१.
दरबार ऐस आराम सबै त्यागी सन्यासी बनेर ,
अहिंसा परम धर्मकाे ज्ञान बाँढ्याै भलाे हाेस् भनेर ।
२.
बुद्ध तिमी शान्तिका प्रतीक बनेर आएकाे,
विश्व भरि नै बौद्ध धर्मको दर्शन छाएकाे।
✍️ रिना योल्मो
दार्जीलिङ

[३७]
१.
जन्मले होइन, शुद्ध कर्मले बुद्ध भएका तिमी
तिम्रै मन्त्रले भर्न सकाैँ सारा, यो आकाश यो जिमी।
२.
सिद्धार्थलाई सिद्ध गरी, बुद्धिले बुद्ध बनायौ
अहिंसा परमो धर्म भनी विश्वलाई जनायौ ।
✍️ पदमा शर्मा आँँचल
कालाचिनी, प बंगाल, भारत ।

[३८]
१.
हामीले अगाडि बढ्दा बुद्धको मार्ग रोज्नुपर्छ,
मनमा शान्ति ल्याएर ईश्वरलाई खोज्नुपर्छ ।
२.
स्वच्छ बनाऊँ मन बुद्धको झैँ उच्च राखौँ भावना,
दिदैछु सबैलाई बुद्ध जयन्तीको शुभकामना।
✍️ दुर्गा आचार्य
मोरङ

[३९]
१.
शान्तिका प्रिय अग्रदुत ती गौतम बुद्ध थिए ,
हत्या हिंसा रहित हुनु भनि उपदेश दिए ।
२.
एसियाकै तारा बनि प्रख्यात भए बुद्ध ,
भन्थे सधैँ हुनुपर्छ हाम्रै यो मन शुद्ध ।
✍️ बेदु न्यौपाने भोजपुर
हाल निवास काठमाडौ

[४०]
सत्य निरूपण सत्य पानी जस्तो शुद्ध भइकन
बन्छौ नै भने सुविचार सरल व्यक्ति बुद्ध बन।
✍️ प्रकाश बुढाथोकी
असम भारत।

[४१]
१.
मायादेवीको कोखमा ईश्वरको बास
सुख सयल नै त्यागे शान्ति खोज्न खास।
२.
शान्तिका अग्रदूत गौतम बुद्ध हाम्रा
लुम्बिनीमा जन्म भयो काम गरे राम्रा ।
✍️ बिना रोका
घोराही दाङ्ग ।

[४२]
१.
नेपालमा जन्मिएका गौतम बुद्ध ,
बुद्धको नियम मानौँ हुँदैन युद्ध।
२.
मूर्ख पनि सज्जन हुन्छन् दिए सहि ज्ञान,
जानी राखौँ सबैले बुद्ध नेपालको शान।
✍️ गणेश तामाङ वाइबा
ताल्ती,धादिङ नेपाल।

[४३]
१.
यो एक दुनियाँको दस्तुर अनेक रोग शोक भोग देखेर
राजपाट सबै त्यागे बुद्धले सांसारिक मोहलाई टेकेर।
२.
दिव्य ज्ञान पाउनलाई बुद्धले गरे जोड
कठोर तपस्या बसे भइन्जेल हाडखोड।
✍️ बि.कुलुङ
दार्जिलिङ, भारत

[४४]
१.
लुम्बिनीको माटो बोल्छ पाटो पनि बोल्छ ऐले
बुद्ध जन्मिए नेपालमा नै नेपाली हुन् जैले।
२.
हामी सबै धर्म संस्कृतिका ठुला माली
संसारमा ज्योति छर्ने बुद्ध हुन् नेपाली।
✍️ रामशरण न्यौपाने
भक्तपुर

[४५]
१.
राजगद्दी छोडेर गौतम बुद्ध कहलायाैँ,
शान्तिको सन्देश छरेर दुनिया बहलायाैँ ।
२.
हत्या हिंसा तिमीले सहँदैनौ ,
अरुलाई कुभलो कहँदैनौ ।
✍️ बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४झापा

[४६]
१.
झुकाउ शिर बुद्धको चरणमा
पाइन्छ शान्ति उनको शरणमा।
२.
हिँडौ सबैले अहिंसाको बाटो
पुण्य बनाउँ यो देशको माटो।
✍️ बिके मुखिया
सिग्रीमताम बस्ती दार्जीलिङ भारत।

[४७]
१.
ध्यानमा छ ज्ञान ,
बुद्ध बाट जान ।
२.
विश्वमा अहिंसा तथा शान्ति ,
बुद्धले ल्याएका हुन क्रान्ति ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर

[४८]

बुद्धकाे उपदेशले सिञ्चिएकाे धर्ती हाे नेपाल
सधैँभरि देखिन्छ शान्त, सौम्य सुन्दर र विशाल ।

यो भवमा बुद्धकै उपदेश र सन्देश चारैतिर फुलाऊँ
शान्ति, सहिष्णुता र धैर्यताका रसिला बालाहरू झुलाऊँ ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं

[४९]
१.
बयर जस्तो बोट हुदैमा मात्र बुद्धचित्त फल्दैन
हिंसा त्यागेर मन चित्त शुद्ध नभै बुद्धत्व बल्दैन।
२.
वुद्धको देशमा सधै युद्ध हुन्छ शान्ति कसरी आउँछ?
मनमै हिंसा र क्रान्ति उब्झिरहे भ्रान्ति कहॉ हराउँछ?
✍️ सुरेशकुमार भट्ट

[५०]

जाली नहुनुस् झुटो नबोल्नुस् सधै नै धैर्य गर्नुहोस् ,
दुई दिनकाे जिन्दगीमा सत्कर्म गरेर मर्नुहोस्,,

जो मनुष्य सँग जस्तो ज्ञान त्यही दिन्छ ,
बुद्ध भगवान् को भनाइ मनमा लिन्छ ।
✍️ पारस भट्ट प्यासी
मेलौली दुई बैतडी

[५१]

सबैको मन भित्र बुद्ध तिमी आऊ
क्रोध, ईर्ष्या वैरभाव सब हटाऊ ।

मानव हित बोलेर भगवान भयौ बुद्ध
धोई पखालि मनको मैलो पारीदेउ शुद्ध ।
✍️ मिसु श्रेष्ठ
दोलखा, हाल काँडाघारी काठमाडौं

[५२]
१.
बुद्ध बिनाको ज्ञान अधुरो
अहिंसा शिक्षा भयो मधुरो।
२.
बुद्ध वाणी हाे दिव्य अमृत ज्ञान
कोही सिक्दैनन् बढ्दैछ अपमान ।
✍️ रघु न्याैपाने
पाेखरा

[५३]
संसार भरी नै बुद्ध भगवान हुन् भनी चर्चा गर्दछन्,
सत्य मनले जसले जप्दछ उसैको शरण पर्दछन्।
✍️ कमला हरिमाया पाण्डे पराजुली
चारआली, झापा

[५४]
बुद्धको ज्ञान संसारमा अग्रदूत जान,
आज शान्तिका धर्ती पुत्र उनैलाई मान ।
✍️ टिकाराम पुन टिपु
छत्रेश्वरी २ सल्यान

[५५]
एसियाकै तारा भनि चिनिएथे बुद्ध
हुन पर्छ भन्थे सधै हाम्रो चित्त शुद्ध ।
✍️ प्रेम कला चापागाईं ( सिटौला )
मेचीनगर १२ झापा

[५६]
यी आशाका किरण फूल सरी मगमगाउन,
फेरि जन्मेर आऊ बुद्ध धर्ती जगमगाउन ।
✍️ ऋषिराम खनाल
मध्यबिन्दु-६ नवलपुर ।

[५७]
१.
हो म शान्ति सुनेर परेको हुँ शरण
गरेको हुँ गौतम बुद्धको आचरण ।
२.
यहीँ नै जन्मिएको थिए शान्तिको अग्रदूत गौतम बुद्ध
जोडौँ प्यार, सदाबहार, फालौँ हतियार,गर्न छोडौँ युद्ध ।✍️ बादल गुरुङ वियोगी
सङ्खुवासभा, हाल काठमाडाैँ

[५८]
१.
अहिंसा त्यागेर गरौँ मनै देखि बुद्ध ध्यान
सही मार्ग देखाउछ भनेको सबैले मान।
२.
संसार भरि फैलिएको गौतम बुद्ध ज्ञान
हत्या हिंसा गर्न हुदैन भनेकाे कुरा मान।
✍️ राम रावल सागर
कैलाली

[५९]
अध्यारोलाई चिरेर विश्वभरि शान्ति छर्यौ
सत्यमार्गमा लगाउन कयौँ प्रयत्न गर्यौ।
✍️ शारदा दहाल(भण्डारी )
पाँचखपन -९ संखुवासभा ।

[६०]
ज्ञानको निम्ति राजकाज छोडेर गए
कठोर तपस्या ले नै बुद्ध ज्ञानी भए ।
✍️ रुपा गाैतम
निजगढ, बारा ।

[६१]
१.
सबै प्राणीलाई बराबर मायाले हेर्ने,
बुद्धकै शान्तिको उपदेशले मन घेर्ने।
२.
अभाव छैन शान्तिको पाइन्छ तुरुन्तै फल,
बुद्धम् शरणम् गच्छामि सधैँ जप्न गरे बल।
✍️ अच्युत घिमिरे
भुटान

[६२]
‘अहिंसा परमाेधर्म’ मूल मन्त्र बुद्धकाे
बजिरहेछ फेरि किन बिगुल युद्धकाे ?
✍️ दुर्गा वनवासी,
झापा

[६३]
१.
आलै छ देशको कणकणमा छाप
पहिल्याउनु छ बुद्धका पदचाप ।
२.
मान्छे बन्ने हो भने आफैँलाई ठान्नु तुच्छ
हिंसा गरेर हिड्नेले पनि त बुद्ध पुज्छ ।
✍️ रिजाल विनोद
माेरङ्ग

[६४]
१.
गौतम बुद्ध हुन हाम्रा एशियाका तारा
शान्तिको बिउ छर्ने बोकेका थे अभिभारा।
२.
हत्याहिंसा हटाउने गौतम बुद्ध राम्रो
एसियाका तारा नै हुन चिनारीमा हाम्रो ।
✍️ रिना सापकाेटा
बारा

[६५]
शान्तिले छाओस् हाम्राे देशलाई
समृद्ध बनाओैैँ याे भेषलाई।
✍️ पारुहाङ राई (एवाइ प्रभात)
धनकुटा ।

[६६]
१.
बुद्ध नै हुन् हाम्रा प्रतीक शान्तिकाे,
नलगाऊँ कसैले खेति भ्रान्तिकाे ।
२.
किन छाेडी शन्तिले खै ? बुद्ध जन्मेको देशलाई,
क्रान्तिले हुन्छ साम्य भन्ने दुविधा भाे कसलाई ?
✍️ रामप्रसाद पुरी
खाेटाङ्ग, हाल काठमाडाैँ

[६७]
शान्तिकाे उल्लङ्घन गर्दै छन् बुज्रुक भनाैदाहरू
बुद्धलाई कठघरामा थुन्दै पाप थप्दैछन् अरू ।
✍️ बबिता बिष्ट
दैलेख ।

[६८]
१.
शान्तिका प्रतीक बुद्ध आउ नेपालमा फर्किएर
हत्या हिंसाले देश डुब्न लाग्याे नजाऊ तर्किएर ।
२.
सबै मिलीजुली बुद्धको जन्म जयन्ती मनाऔँ
सद्भाव सन्मार्गको बाटो हामी सबैले समाओैँ ।
✍️ दुर्गा भट्टराई
मोरङ

[६९]
१.
हत्या हिंसा नगर्नु, हो यो महापाप
पछुतो लाग्ला, मान्नु पर्ला पश्चाताप।
३.
झगडा नगर्नु जानी जानी
बुद्ध झैँ बन्नु शान्त र ज्ञानी ।
✍️बिके माकजु
भक्तपुर ।

[७०]
सबैकाे मनमा सुख र शान्ति छाउनु
फेरि पनि गाैतम बुद्ध तिमी आउनु ।
✍️ साधना पाैडेल
रगनी-१ ओखलढुंगा