नइ प्रकाशनले राष्ट्रिय जनजीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने ६ जनालाई २०७८ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले प्रा. डा. विजया पन्त , गङ्गा लिगल, नारा जोशी, ठाकुर बेलवासे, भक्ति शाह र कृसा महर्जनलाई नइ पुरस्कार प्रदान गरिने भएको जनाइएको छ ।
बैठकले सुनगाभा विशेषज्ञ प्रा.डा. पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार लिगललाई ‘नइ रेखा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपियाँ छ ।
त्यसैगरी प्रकाशनले साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ ,काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, र तेस्रोलङ्गी शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गर्ने भएको छ । यी तीनै पुरस्कारका राशि ताम्रपत्रसहित जनही पचास हजार रुपियाँ रहेको छ ।
साथै प्रकाशनले मिस नेवा सुश्री महर्जनलाई ताम्रपत्रसहित पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गर्ने भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।