साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कवि सुदेश सत्याललाई पितृशोक

Chovar Blues Mobile Size

नयाँ पुस्तामा छन्दमा कविता लेखेर चर्चामा आएका कवि सुदेश सत्याललाई पितृशोक परेको छ ।

उनका बुबा लामो समयदेखि बिरामी थिए । आज दिउँसो तीन बजे उनको निधन भएको हो । यसअघि पनि करिब आठ महिना अगाडिमा उनकी आमाको निधन भएको थियो । आमाको आशौच बारिरहेका बेला सुदेशलाई अर्को गम्भीर आघात परेको हो ।

उनले यसबारे फेसबुकमा स्टाटस लेखी जानकारी गराएका हुन् ।

राष्ट्रिय युवा पुरस्कार र प्रज्ञा प्रतिष्ठानबाट आयोजित कविता प्रतियोगितामा कास्य पदक जितेका कवि सदेश सत्यालको ‘अन्तरिक्षकाे धर्ति’ छन्द कविता प्रकाशित छ ।

 

प्रतिक्रिया
Loading...