काठमाडौँ, बैशाख २७ / सबैभन्दा ठूलो सञ्जाल रहेको साहित्यिक संस्था “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) को जापान च्याप्टरले कवि/पत्रकार राजेन्द्र तारकिणीको उपचारका लागि १ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग रकम संकलन गरेको छ ।
अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको समन्वय तथा अनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्माको संयोजकत्वमा उक्त रकम संकलन भएको हो । सहयोग संकलनका लागि पहल थालेको करिब १ हप्ताभित्रमा जापानमा रहेका २९ जना नेपालीमार्फत १ लाख १० हजार जापानी येन संकलन भएको हो । जसको तत्कालीन दर अनुसार नेपाली १ लाख ३ हजार ७ सय १४ रुपैयाँ कायम भएको र उक्त सबै रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिसकेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
‘एक प्रतिभावान् कवि, चित्रकार तथा पत्रकार तारकिणीले युवा अवस्थामै आफ्नो श्रवणशक्ति पूर्ण रूपमा गुमाउनुभएको रहेछ । उहाँको श्रवणशक्ति पुनः प्राप्तिका लागि अहिले उपचारको तयारी भइरहेको थाहा पाएर हामीले आफ्नो तर्फबाट समेत सहयोगको पहल गरेका हौँ,’ अध्यक्ष शर्माले भन्नुभयो । उहाँका अनुसार सहयोगका लागि अपिल गरिएको करिब एक हप्ताको अवधिमा जापानमा बसिरहनुभएका साहित्यप्रेमी नेपालीले स्वेच्छिक रुपमा उक्त सहयोग रकम प्रदान गर्नुभएको हो ।
हालसम्म जम्मा कति उठ्यो ?
कवि तारकिणीको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठान, केन्द्रीय कमिटी युएईले सहयोग संकलन अभियान सुरु गरेको थियो । वैशाख पहिलो साता सुरु भएको उक्त अभियानले ३ साता बित्दा नबित्दै उल्लेख्य गति लिएको छ । अभियानमा हालसम्म १ सय ९५ व्यक्तिमार्फत ६ लाख ८८ हजार ७ सय ३७ रुपैयाँ जुटेको छ । जसमा अनेसास जापानका २९ जनाबाट १ लाख ३ हजार ७ सय १४ रुपैयाँ सहयोग प्राप्त भएको छ। साथै अनेसासकै कतार च्याप्टर र किराँत राई यायोख्खा शाखा युएईबाट पनि आन्तरिक रुपमा रकम संकलनको काम भइरहेको प्रतिष्ठानका केन्द्रीय महासचिव डिजी शर्माले जानकारी दिनुभयो ।
अभियान संयोजक तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले छोटो अवधिमै उक्त रकम संकलन हुनु उल्लेख्य प्रगति रहेको बताउनुभयो । उपचारका लागि करिब १८ देखि २० लाख हाराहारी खर्च लाग्ने सम्बन्धित चिकित्सकको भनाइ रहेको जानकारी दिँदै अध्यक्ष मगरले अझै सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले यस अभियानमा अन्य देशमा रहेका संघ–संस्था तथा समूह समेत जोडिनु आवश्यक रहेको बताउँदै अभियानको लक्ष्य पूरा गर्न थप सहयोगका लागि शुभेच्छुकहरूमा आह्वान समेत गर्नुभएको छ ।
हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत विगत एक दशकदेखि सक्रिय हुनुहुन्छ । तारकिणी हाल न्यूज २४ नेपालमा कार्यरत हुनुहुन्छ । उहाँका यसअघि नै तीनवटा साहित्यिक कृति प्रकाशित छन् भने नयाँ कवितासंग्रह प्रकाशन हुने क्रममा छ ।
उहाँको हाल काठमाडौँ महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ । यो उपचार सफल भएमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकले बताउनुभएको छ । उपचार प्रविधि महंगो भएको र तारकिणीको सामान्य आर्थिक अवस्थाले उक्त सबै खर्च जुटाउन नसक्ने भएका कारण आर्थिक सहयोग संकलन अभियान चलाइएको अध्यक्ष मगरको भनाइ छ ।
यस अभियानमा सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्था–समूहहरुले स्वेच्छिक रुपमा या संगठित रुपमा तल उल्लेखित विवरणमा सम्पर्क गरेर खातामा रकम जम्मा गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
सहयोग रकम पठाउन लागि बैंक खाता :
नाम : Rajendra Prasad Pant
बैंक : Global IME Bank Ltd / Kantipath Branch
खाता नम्बर : 0107010024497
————————-
E-Sewa/Khalti wallet : +977-9861606136 (Rajendra Prasad Pant)
–––––––––––––
Email : rtpoet069@gmail.com
Viber : +977- 9849560709
फेसबुक : rajendra.tarakini
थप जानकारीका लागि : +977-9849560709 (पारिवारिक स्राेत)
सगरमाथा साहित्य प्रतिष्ठानमा सम्पर्कः
प्रतिष्ठानको what’sapp नम्बर – +971-545643900
१) अजित क्षेत्री (युएई) – ३,२००/–
२) डि जि शर्मा (युएई) – १६,०००/–
३) कृष्ण प्रसाद घिमिरे (युएई) – १,६००/–
४) राजेशराज गड्तौला (युएई) – ३,२००/–
५) डि एल घिमिरे (युएई) – ३,२००/–
६) समर चेम्जोङ आभास (युएई) – ३,२००/–
७) जीवित खड्का मगर (युएई) – १०,०००/–
८) रत्नराज पुन मगर – १,१११/-
९) बबिता बिष्ट (दैलेख) – १,५००/-
१०) युवराज पौडेल (दैलेख) – १००५/-
११) वसन्तराज अज्ञात (काठमाण्डौ) — ५,००५/–
१२) अविनाश श्रेष्ठ (काठमाण्डौ) – ५,०००/–
१३) डि के किराँती (युएई) -३,२००/–
१४) मनु लोहोरुङ राई (अमेरिका) — ६,१००/-
१५) दीपराज न्योङ हाङ (युएई) — ३,२००/–
१६) गोवर्धन पूजा ( अमेरिका ) -. १०,०००/–
१७) अश्विनि कोइराला (काठमाण्डौ) — ५,०००/–
१८) N/I – ५,०००/–
१९) शिशिर दूरबस्तीको (चितवन) — १,०००/–
२०) सुजन सिरेन चोङबाङ (युएई) — ३,२००/–
२१) रविन्द्र आशिष् शैली — ५,००१/–
२२) पदम विश्वकर्मा ( अमेरिका ) — ५,०००/–
२३) शम्भु बाछना राई (युएई) — ३,२००/–
२४) एकेन्द्र बहादुर खड्का (अछाम) २,०००/–
२५) दुर्गा रिजाल आचार्य — १,०११/–
२६) शिन्धु पौड्याल (इजरायल) — ५,१००/–
२७) छिरिङ अविरल शेर्पा — ५,०००/–
२८) गणेश खड्का (सेसेल्स) — ५,१५१/–
२९) अभि अजनवी (कैलाली) – ५,०००/-
३०) किशोर सिंह ठकुरी (दार्चुला) – १,५००/-
३१) लालबाबु भण्डारी – १,००१/-
३२) उर्मिला जोशी (कन्चनपुर) – १,१५५/-
३३) समुन्द्र राज घिमिरे (काठमाडौं) – ५,०००/-
३४) राज मार्ग (द. कोरिया)- ४,०००/-
३५) महेश विक (बैतडी) – ५,०००/-
३६) नवराज पन्त (कैलाली) – १०,०००/-
३७) आशीष पन्त (बैतडी)- २४५६/-
३८) केशव पन्त (कैलाली) – १,५००/-
३९) शाश्वत गोविन्द ढुंगाना (युएई) — ३,२००/–
४०) छवि अनित्य — १,०००/–
४१) युवराज खतिवडा (युएई) — ३,२००/–
४२) राखी गौचन (अमेरिका) – ५,०००/–
४३) मेघ प्रसाद धमला (युएई) – ४,८००/-
४४) म्यामराज राई – २,२२२/-
४५) कृष्ण बाउसे – ५,००१/-
४६) कुसुम समर्पण (जापान) – ५,०००/-
४७) मेघराज बास्तोला (युएई) – ५,०००/-
४८) धनक बहादुर थापा (युएई) – ३,२००/-
४९) सुभद्रा सुनाम (युएई) – ५,५५५/-
५०) शेखर श्रेष्ठ (युएई) — ३,२००/-
५१) रविन दर्लामी मगर (युएई) — ३,२००/-
५२) N/I — २,५००/-
५३) प्रतीक ढकाल (काठमाण्डौ) — ५,५००/-
५४) महेश पौड्याल (काठमाण्डौ) — ३,०००/-
५५) जनक राज अवस्थी (बैतडी) — २,१५५/-
५६) रमेश पन्त (कैलाली) — ४,२००/-
५७) सचिन ढुङ्गाना (भक्तपुर) — २,५००/-
५८) श्री भवानी नेपाल (युएई) — १,१११/-
५९) गीता ढुङ्गाना फुयल (काठमाण्डौ) — १,००५/-
६०) रमेश क्षितिज — ५,५००/-
६१) करण सिंह विष्ट (मलेसिया) — १०,००१/-
६२) आनन्द श्रेष्ठ ( अमेरिका ) — २००१/–
६३) राज लम्साल यात्री (युएई) — १,६००/-
६४) ध्वज धानुक (इन्डिया) — ४८७२/-
६५) रवि प्रान्जल (काठमाडौँ) – ३०००/-
६६) अनुप आचार्य — १०११/-
६७) रामचन्द्र तिम्सिना (नुवाकोट) – १,१००/-
६८) दीपक कुमार — ५५००/-
६९) बुद्धि श्रेष्ठ — ५५५५/-
७०) जीवन खत्री (द. कोरिया) – ५००५/-
७१) दीपसागर पन्त (बैतडी) = ५००१/-
७२) स्मिता मगर – ५,०००/-
७३) रुपा थापा (नुवाकोट) – २,०००/-
७४) मुरारी श्रेष्ठ (काठमाडौं) – २,५००/-
७५) पुर्ण रावल (काठमाडौं) – ५,०००/-
७६) विष्णु निश्चल (काठमाडौं) – ३,३३३/-
७७) नवीन कुलुङ (काठमाडौँ) – ३,०००/-
७८) उत्तम श्रेष्ठ (युएई) – १,६००/-
७९) दिनेश भट्ट (युएई) – २,०००/-
८०) पदमा लिम्खा मगर (अमेरिका) – ५,०००/-
८१) खिम पुन मगर (कतार) – ३,२००/-
८२) मोहन बहादुर सिङ्दन (युएई) – १,५००/-
८३) लेखनाथ खनाल (स्याङ्जा) – २,०००/-
८४) शीतल कादम्बिनी (काठमाण्डौ) – २,०००/-
८५) जे. सागर (युएई) – १,५००/-
८६) नवराज ढकाल (युएई) – ३,२००/-
८७) डा. राजेन्द्र भण्डारी (कालेबुङ, भारत) – ५,०००/-
८८) तारा प्रसाद चापागाईँ (युएई) – ३,२००/-
८९) शम्भु सुस्केरा (काठमाडौं) – १,०००/-
९०) वसन्त कुमार श्रेष्ठ (काठमाडौं) – १,००१/-
९१) राज श्रेष्ठ ( यूके ) – ५,०००/–
९२) अनिल खग्रास (कुस्मा) – २,०००/-
९३) रजनी ऋदम राई (पोखरा) – १,०००/
९४) विजय ज्ञवाली (काठमाडाैँ) – ५०००/-
९५) दीपक नेपाल (काठमाडाैँ) – १०,०००/-
९६) नानीमाया श्रेष्ठ – ३२००/-
९७) लक्ष्मी स्मृति (पराजुली) – १००१/-
९८) राजकुमार मल्ल – ५०००/-
९९) अनुप जाेशी (काठमाडाैँ) – १०१०/-
१००) राजकुमारी गुरूङ (आशा)/अमेरिका – १५,०२२/-
१०१) सागर आँसु – २,४००/-
१०२) मथुरा प्रधान श्रेष्ठ (काठमाण्डौ) – १,००१/-
१०३) विकास कार्की (कलकत्ता, भारत) – ३,२००/-
१०४) N/I – ५,०००/-
१०५) जीवन पानी (काठमाण्डौ) – ५,००१/-
१०६) लिली अधिकारी (पोखरा) – १,०५०/-
१०७) वासुदेव पान्डेय (सुर्खेत) – ५०००/-
१०८) विश्व राज अधिकारी (युएई) – ४,८००/-
१०९) युवराज भण्डारी (क्यानडा) – २,३३३/-
११०) अरुण महर – १,०००/-
१११) डिआर न्यौपाने (गुल्मी) – ३,०००/-
११२) लता कार्की (सुनसरी) – १,०००/-
११३) सुरेश कुमार पाण्डे – १,६००/-
११४) गोकुल नेपाल (काभ्रे) – २०००/-
११५) दिलादत्त पन्त (बैतडी) – ५,०००/-
११६) भवानी खतिवडा – ४,०००/-
११७) रोहित राई (खोटाङ) – १,५००/-
११८) रेखा पन्त (इजरायल) – २,०००/-
११९) बुद्धिबल श्रेष्ठ – ५,५५५/-
१२०) N/I – ५,०००/-
१२१) मीन दर्लामी मगर (अमेरिका) – १०,०००/-
१२२) प्रीती कार्की (काठमाडौं) – ५,०००/-
१२३) सन्ध्या भण्डारी (बुटवल) – ३,०००/-
१२४) सरस्वती अवस्थी (कन्चनपुर) – ५५५/-
१२५) घनश्याम ज्ञवाली ( गुल्मी ) — २, ०००/–
१२६) कमला भण्डारी ( गुल्मी ) — २, ०००/-
१२७) सुनिता राई कन्दङ्वा (इजरायल) – ५,०००/-
१२८) परिविक्रम गोविन्द श्रेष्ठ – १,०००/-
१२९) सुन्दर गुरुङ (बहराइन) – २,०००/-
१३०) भीम रसाइली (बहराइन) – २,०००/-
१३१) रेशम श्रीष (बहराइन) – २,०००/-
१३२) बालकृष्ण थपलिया (चितवन) – १,१२७/-
१३३) कुसुम ज्ञावली (क्यानडा) – ५,०००/-
१३४) देवेन्द्र खेरेस (युके) – १०,०००/-
१३५) सुमित्रा सुमी (नुवाकोट) – १,१००/-
१३६) नरेन्द्र रास्कोटी – २,०००/-
१३७) N/I – १,६५८/-
१३८) राज आशातीत (इटहरी) – १,१११/-
१३९) श्याम फुङ्जेली मगर (गुल्मी) – १,०००/-
१४०) शुभद्रा दहाल (अष्ट्रेलिया) – १,५००/-
१४१) सुदीप रावत (द. काेरिया) – ३०००/-
१४२) किशोर पहाडी (ललितपुर) – १,१११/-
१४३) डा. सुधा शाही (काठमाडौँ) – १,०००/-
१४४) सरु काविया (काठमाडौँ) – २,०००/-
१४५) रेशम बोहोरा (धादिङ) – १,०१०/–
१४६) प्रेम घिमिरे (युएई) – १,६००/-
१४७) श्रेष्ठ प्रिया पत्थर (कैलाली) – २,०००/-
१४८) धड्कन शर्मा( ईजरायल)- ३,१००/-
१४९) प्रतिभा अर्पण (जाजरकोट) – २,०००/-
१५०) N/I – १,०००/-
१५१) शशी चालिसे – १,०००/-
१५२) प्रवासी सुमन (अमेरिका) – ६,१२७/-
१५३) दिपक वेसाहार (प्युठान) – १,०००/-
१५४) सबु आरोही (पाल्पा)- ५,०००/-
१५५) सृजना अधिकारी (काठमाण्डौ) – ५००/-
१५६) निर्मला पाैडल बञ्जरा (मोरङ) – १,१०५/-
१५७) अलपत्र मन (लिवाङ) – १,११०/-
१५८) सौगात पुन मगर समर्पण (युएई) – ५,०००/-
१५९) राज सागर – ११,१११/-
१६०) N/I – ५००/-
१६१) दीपक मुडभरी (अमेरिका) – ११,०००/-
१६२) गीता पराजुली पन्थ (अमेरिका) – १०,०००/-
१६३) चन्द्र अधिकारी (इलाम) – १,५००/-
१६४) सकुन्तला .. – १,०००/-
१६५) N/I – २,०००/-
१६६) सब्रिना गुरुङ (हङ्कङ) – २,०००/-
१६७) अनेसास जापान च्याप्टर (२९ जना) – १,०३,७१४/-
जम्मा = ६,८८,७३७/-
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।