दिनाङ्क ७ मे, २०२२ शनिबार तदनुसार २४ गते, वैसाख, २०७९ का दिन दार्जिलिङ जिल्लास्थित खरसाङमा नेपाली भाषासेवी डा. पारसमणि प्रधान र पादरी गङ्गाप्रसाद प्रधानका शालिकहरू अनावरण गरियो ।
गोर्खा जन पुस्तकालय खरसाङको आयोजनामा गोर्खा विभूति उद्यानमा आयोजित सो कार्यक्रममा सम्पन्न भएको थियो । गङ्गाप्रसादको शालिकलाई प्रसिद्ध साहित्यकार डा. एडोन रोङ्गोङका बाहुलीबाट अनावरण गरिएको थियो भने डा. गोकुल सिन्हाको बाहुलीबाट डा. पारसमणि प्रधानको शालिकको अनावरण गरिएको थियो।
यसका साथै पं काजी सिंह विद्यार्थीलाई नागरिक अभिनन्दन, डा. जस योञ्जनद्वारा लिखित पारसमणि प्रधान अध्ययनलगायत विभिन्न कार्यक्रमहरूसमेत सो अवसरमा आयोजन गरिएको थियो ।
कार्यक्रममा पादरी गङ्गाप्रसाद प्रधान र पारसमणि प्रधानका सन्तान, देहरादुन, सिक्किम, दार्जिलिङ, डुवर्स, कालिम्पोङ आदि स्थानका साहित्यिक, सामाजिक संस्थाहरूका पदाधिकारीगण, साहित्यकार, कलाकार आदिको बाक्लो उपस्थिति रहेको थियो।
नेपाली साहित्यमा डा. पारसणि प्रधान र गङ्गाप्रसाद प्रधानको उल्लेखनीय योदगान रहेको छ। पादरी गङ्गाप्रसाद प्रधानले सन् १९०१ मा नै गोर्खे खबर कागत नामक नेपाली समाजको पहिलो नेपाली पत्रिका (प्राप्यका आधारमा) को सम्पादन प्रकाशन, बाइबलको नेपाली अनुवाद, भारतमा नेपाली पाठ्यपुस्तक निर्माण आदि जस्तो महत्त्वपूर्ण योगदान गर्नु भएको थियो ।
डा. पारसमणि प्रधानको योगदान भन्ने अत्यन्त महत्त्वपूर्ण मानिन्छ। सोही आधारमा यसभन्दा अघि पनि सिलगड़ी र कालिम्पोङमा पनि डा. पारसमणि प्रधानका सालिकहरू स्थापित भइसकेका छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।