पत्रकार सनत सापकोटाद्वारा लिखित संस्मरणात्मक कथाहरूको सङ्ग्रह ‘जरा’ प्रकाशित भएको छ । आफ्ना बाल्यकालीन स्मृतिहरूलाई समेटेर सापकोटाले पुस्तक निकालेका हुन् ।

विधागत रूपमा सापकोटाले यस सङ्ग्रहलाई संस्मरणात्मक निबन्ध नभनेर ‘कथास्मरण’को संज्ञा दिएका छन् । १७ थान छुट्टाछुट्टै रचनालाई सङ्ग्रहको रूप दिइएको यो कृति सरल भाषा र कथात्मक शैलीमा लेखिएको छ ।

यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका संस्मरणात्मक आलेखहरू पुस्तकमा समेटिएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशन गरेको सापकोटाको यो कृति लेखकको बाल्यकालीन स्मृतिहरूको सङ्ग्रह हो ।

प्रायः सबैको बाल्यकालसँग मेल खाने उनका ‘कथास्मरण’ले पाठकलाई पनि आ–आफ्ना बाल्यकालीन स्मृतिहरूसम्म पुर्याउँछन् ।