मञ्जरी प्रकाशनले घरघरमा किताब पुर्याउने अभियान सुरु गरेको छ ।
लक डाउनको विषम परिस्थितिमा आवश्यक सुरक्षा तथा सावधानीलाई अपनाएर पाठकहरुसम्म पुर्याइने जानकारी लेखक तथा मञ्जरी प्रकाशनका संचालक कृष्ण अविरलले साहित्यपोस्टसँगको कुराकानीमा जानकारी दिए ।
अविरलका अनुसार मञ्जरीले आफूसम्म उपलब्ध भएका सम्पूर्ण प्रकाशनका पुस्तकहरु पाठकसम्म पुर्याउने छ । यो सेवा काठमाडौँ उपत्यकाभरिका लागि सञ्जालन गरिएको, र एक हजारभन्दा धेरैको पुस्तक लिनेका लागि कुनै पनि किसिमको सेवा शूल्क नलिइने पनि उनले सहित्यपोस्टलाई जानकारी दिए ।
“यो विषम परिस्थितिको अवस्थामा पनि मान्छेहरु छुटको विषयमा बार्गेनिङ् गर्छन्”, अविरलले भने– “हामी विदेशी प्रकाशनका पुस्तकमा छुट दिनसक्ने अवस्थामा छैनौँ । नेपाली, त्यसमा पनि मञ्जरीको प्रकाशनमा भने २० प्रतिशतसम्मको छुटको व्यवस्था पनि मिलाएका छौँ ।”
काठमाडौँबाहिर मञ्जरीलगायत अन्य सम्पूर्ण प्रकाशनका पुस्तकहरुलाई पाठकहरुसम्म पुर्याउने काम नारायणगढस्थित सम्पूर्ण किताबले पनि गर्दै आएको छ ।
यसअघि घरघरमा किताबको यात्रा बुक हिल बुक्सले पनि सुरु गरिसकेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।