काठमाडौं / जेठ १७ गते शनिबार “सुरस” कविताको संयोजनमा पाँचौँ सुरस जूम कविता गोष्ठीको आयोजना गरियो । हरेक शनिबार गरिने अनलाइन कविता वाचनमा यसपटक लक्ष्मी माली, मंगलनारायण जोशी, मन्जुश्री प्रधान, प्रकाश अदिप्त र प्रतिभा शर्माले आफ्ना दुई-दुईओटा कविताहरु वाचन गरेका थिए । उक्त कार्यक्रममा कवि मुरारी सिग्देलले प्रस्तुत कविताहरूमाथि आफ्नो मन्तव्य व्यक्त गरे। उक्त कार्यक्रमको सञ्चालन कवि समा श्रीले गरेका थिए ।
लकडाउनको विषम परिस्थितिलाई विचार गरेर गत वैशाख २६ गते पहिलो गोष्ठी शुरु भएको हो भने अहिलेसम्ममा सुधीर ख्वबि, स्नेह सायमि, रमि श्रेष्ठ, राजुराम मुनकर्मी, नरेश अमात्य, असिम सागर, प्रतिसरा सायमी, संगी अधिकारी, कवीन्द्रलाल प्रधान, लक्ष्मी थापा, बादल देवी चाम्लिङ, विक्रम सुब्बा, सरस्वती श्रेष्ठ सरु, अमृत मान ज:, गणेश खड्का, केशव सिलवाल,अमर गिरी, नर्मदेश्वर प्रधान, मुरारी सिग्देल, दिलकुमारी डंगोल लगायतका २५ जना श्रष्टाहरुले कविता वाचन गरिसकेका छन् ।
“सुरस” कविताको छैठौं बसाई आउँदो जेठ २६ गते हुने संस्थाका संस्थापकद्वय सुधीर ख्वबि र समा श्रीले जानकारी दिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

