राजेन्द्र तारकिणी

काठमाडौँ, वैशाख १३ / सगरमाथा साहित्य प्रतिष्ठानले कवि राजेन्द्र तारकिणीको सहयोगार्थ सुरु गरेको विश्वव्यापी अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । अहिलेसम्म देशविदेशमा रहेका शुभचिन्तकहरुमार्फत करिब ३ लाख बराबर रकमको बोलकबोल आएको छ । यसमध्ये सम्बन्धित खातामा पठाउने क्रम पनि जारी छ ।

हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणी साहित्य लेखन तथा पत्रकारितामा विगत एक दशकदेखि सक्रिय हुनुहुन्छ । उहाँको श्रवणशक्ति पुनः प्राप्तिका लागि सगरमाथा साहित्य प्रतिष्ठान, केन्द्रीय कार्यसमिति युएईले “आर्थिक सहयोग संकलन अभियान” चलाएको हो ।

प्रतिष्ठानले उहाँको उपचारका लागि हरेक क्षेत्र र तह–तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ । यसअघि अभियान चलाउने समाचार प्रकाशित भएको थियो, त्यसयता ४ दिनको अवधिमा देश-विदेशमा रहेका ७० जनाबाट २ लाख ७५ हजारभन्दा बढी रकम बराबरको सहयोग बोलकबोल भएको हो । केही शुभचिन्तकले नाम उल्लेख गर्न नचाहेको र अन्य छुटेका तथा नयाँ आउने नामहरू क्रमशः अपडेट गरिँदै जाने प्रतिष्ठानले जनाएको छ । विभिन्न देशमा रहेका साहित्यप्रेमी तथा सहयोगी व्यक्तित्वहरुले यसबारे चासो राख्ने क्रमसमेत बढेको छ ।

काठमाडौँ महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. रविन्द्रभक्त प्रधानाङ्गको टोलीले उहाँको अप्रेसनमार्फत उपचार गर्ने तयारी गरिरहेको छ । डा. प्रधानाङ्गका अनुसार कवि तारकिणीको दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुनेछ भने बोलीमा समेत सुधार हुनेछ ।

‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै कम्तीमा १९ लाखजति खर्च हुने बताइएको छ । यसमा नियामानुसार हुने सरकारी सहुलियतबाहेक करिब १२ लाख रकम अपुग भएकोले उक्त सहयोग अभियान सुरु गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले बताउनुभयो । सामान्य आर्थिक अवस्थाका तारकिणीले उक्त सबै खर्च धान्न नसक्ने भएका कारण आर्थिक सहयोगका लागि प्रतिष्ठानले अग्रसरता लिएको उहाँको भनाइ छ ।

यो प्रविधिबाट उपचार गराउँदा खर्चिलो रहेको बताइएको छ । तर यसबाहेक अन्य विकल्प पनि छैन । वार्षिक रुपमा नियमित म्यापिङ तथा अन्य थेरापी, मर्मत–सम्भारबापत कम्तीमा पचास–साठी हजार खर्च छुट्याइराख्नुपर्ने त्रि.वि शिक्षण अस्पतालकै मुख्य श्रवण विशेषज्ञ डा. सुरेश्वर लाल कर्णले बताउनुभएको छ ।

कवि तारकिणीको श्रवणशक्ति प्राप्तिका लागि चालिएको यो अभियानमा स्वेच्छिक रुपमा सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाहरुले तल उल्लेखित विवरणमा सम्पर्क गर्न र सहयोग रकम पठाउन सकिने प्रतिष्ठानले जनाएको छ ।

सहयोग रकम पठाउन लागि बैंक खाता :
नाम : Rajendra Prasad Pant
बैंक : Global IME Bank Ltd / Kantipath Branch
खाता नम्बर : 0107010024497
—–
बैंक : NIC Asia Bank Ltd / Sukedhara Branch
खाता नम्बर : 2887931058524001
===========================
E-Sewa/Khalti wallet :
+977-9861606136 (Rajendra Prasad Pant)
–––––––––––––
Email – rtpoet069@gmail.com
Viber – +977- 9849560709
फेसबुक : rajendra.tarakini
थप जानकारीका लागि : +977-9849560709 (तारकिणीका दाइ)

सगरमाथा साहित्य प्रतिष्ठानमा सम्पर्कः

प्रतिष्ठानको what’sapp नम्बर – +971-545643900
—————
केन्द्रीय अध्यक्ष : जीवित खड्का मगर
फोन नं.- +971-525347997

––––––––––––––––––––
केन्द्रीय महासचिव- डिजी शर्मा
फोन नं.- +971-545844855

—————————
—————————

वैशाख १२ गतेसम्म खातामा उपलब्ध भएको सहित बोलकबोल जम्मा रकम (नेपाली रुपैयाँमा)

१) अजित क्षेत्री (युएई) – ३,२००/–
२) डि जि शर्मा (युएई) – १६,०००/–
३) कृष्ण प्रसाद घिमिरे (युएई) – १,६००/–
४) राजेशराज गड्तौला (युएई) – ३,२००/–
५) डि एल घिमिरे (युएई) – ३,२००/–
६) समर चेम्जोङ आभास (युएई) – ३,२००/–
७) जीवित खड्का मगर (युएई) – १०,०००/–
८) रत्नराज पुन मगर – १,१११/-
९) बबिता बिष्ट (दैलेख) – १,५००/-
१०) युवराज पौडेल (दैलेख) – १००५/-
११) वसन्तराज अज्ञात (काठमाण्डौ) — ५,००५/–
१२) अविनाश श्रेष्ठ (काठमाण्डौ) – ५,०००/–
१३) डि के किराँती (युएई) -३,२००/–
१४) मनु लोहोरुङ राई (अमेरिका) — ६,१००/-
१५) दीपराज न्योङ हाङ (युएई) — ३,२००/–
१६) गोवर्धन पूजा ( अमेरिका ) -. १०,०००/–
१७) अश्विनि कोइराला (काठमाण्डौ) — ५,०००/–
१८) दिपा राई — ५,०००/–
१९) शिशिर दूरबस्तीको (चितवन) — १,०००/–
२०) सुजन सिरेन चोङबाङ (युएई) — ३,२००/–
२१) रविन्द्र आशिष् शैली — ५,००१/–
२२) पदम विश्वकर्मा ( अमेरिका ) — ५,०००/–
२३) शम्भु बाछना राई (युएई) — ३,२००/–
२४) एकेन्द्र बहादुर खड्का — २,०००/–
२५) दुर्गा रिजाल आचार्य — १,०११/–
२६) शिन्धु पौड्याल (इजरायल) — ५,१००/–
२७) छिरिङ अविरल शेर्पा — ५,०००/–
२८) गणेश खड्का (सेसेल्स) — ५,१५१/–
२९) अभि अजनवी (कैलाली) – ५,०००/-
३०) किशोर सिंह ठकुरी (दार्चुला) – १,५००/-
३१) लालबाबु भण्डारी – १,००१/-
३२) उर्मिला जोशी (कन्चनपुर) – १,१५५/-
३३) समुन्द्र राज घिमिरे (काठमाडौं) – ५,०००/-
३४) राज मार्ग (द. कोरिया)- ४,०००/-
३५) महेश विक (बैतडी) – ५,०००/-
३६) नवराज पन्त (कैलाली) – १०,०००/-
३७) आशीष पन्त (बैतडी)- २४५६/-
३८) केशव पन्त (कैलाली) – १,५००/-
३९) शाश्वत गोविन्द ढुंगाना (युएई) — ३,२००/–
४०) छवि अनित्य — १,०००/–
४१) युवराज खतिवडा (युएई) — ३,२००/–
४२) राखी गौचन (अमेरिका) – ५,०००/–
४३) मेघ प्रसाद धमला (युएई) – ४,८००/-
४४) म्यामराज राई – २,२२२/-
४५) कृष्ण बाउसे – ५,००१/-
४६) कुसुम समर्पण (जापान) – ५,०००/-
४७) मेघराज बास्तोला (युएई) – ५,०००/-
४८) धनक बहादुर थापा (युएई) – ३,२००/-
४९) सुभद्रा सुनाम (युएई) – ५,५५५/-
५०) शेखर श्रेष्ठ (युएई) — ३,२००/-
५१) रविन दर्लामी मगर (युएई) — ३,२००/-
५२) नाम प्रकाशित गर्न नचाएको ।
५३) प्रतीक ढकाल (काठमाण्डौ) — ५,५००/-
५४) महेश पौड्याल (काठमाण्डौ) — ३,०००/-
५५) जनक राज अवस्थी (बैतडी) — २,१५५/-
५६) रमेश पन्त (कैलाली) — ४,२००/-
५७) सचिन ढुङ्गाना (भक्तपुर) — २,५००/-
५८) श्री भवानी नेपाल (युएई) — १,१११/-
५९) गीता ढुङ्गाना फुयल (काठमाण्डौ) — १,००५/-
६०) रमेश क्षितिज — ५,५००/-
६१) करण सिंह विष्ट (मलेसिया) — १०,००१/-
६२) आनन्द श्रेष्ठ ( अमेरिका ) — २,००१/–
६३) राज लम्साल यात्री (युएई) — १,६००/-
६४) ध्वज धानुक (इन्डिया) — ४,८७२/-
६५) रवि प्रान्जल (काठमाडौँ) – ३,०००/-
६६) अनुप आचार्य — १,०११/-
६७) रामचन्द्र तिम्सिना (नुवाकोट) – १,१००/-
६८) दीपक कुमार — ५,५००/-
६९) बुद्धि श्रेष्ठ — ५,५५५/-
७०) जीवन खत्री (द. कोरिया) – ५,००५/-