साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सगरमाथाको नयाँ वर्ष शुभकामना आदान-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

Chovar Blues Mobile Size

युएईमा रहेर विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको सगरमाथा साहित्य प्रतिष्ठानले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा भर्चुअल रुपमा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानमा आबद्ध र अन्य गरी एक दर्जन बेसी कवि, गजलकारको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय संरक्षक समर चेम्जोङ आभास, केन्द्रीय वरिष्ठ उपाध्यक्ष अजित क्षेत्री, केन्द्रीय सचिव सुजन सिरेङ चम्बाङ लिम्बू, प्रदेश इन्चार्जद्वय राजयात्री लम्साल र कृष्णप्रसाद घिमिरे, केन्द्रीय प्रवक्ता राजेशराज गड्तौला, प्रतिष्ठानको कर्णाली प्रदेश शाखाकी अध्यक्ष बबिता बिष्ट, उपाध्यक्ष रत्नराज पुन मगर, गण्डकी प्रदेश शाखाकी सचिव लिली अधिकारी, एक नम्बर प्रदेश शाखाकी सदस्य सरस्वती श्रेष्ठ, कवि तथा गजलकार श्री भवानी नेपाल, कवि तथा चित्रकार दीपा स्पन्दन लगायतले शुभकामना मन्तव्यका साथै आ-आफ्नो रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रमको विशेष अतिथिको रुपमा रहनु भएका कवि तथा गजलकार असीम सागरले नयाँ वर्षको शुभकामना मन्तव्य राख्दै आफ्ना केही कविताहरू सुनाउनु भएको थियो । साथै यस किसिमका कार्यक्रमले सर्जकहरूमा ऊर्जा थप्ने भन्दै उहाँले कार्यक्रम आयोजना गरेकोमा प्रतिष्ठानप्रति धन्यवाद पनि व्यक्त गर्नुभएको थियो ।

प्रतिष्ठानको फेसबुक पेजबाट दुई घण्टासम्म सञ्चालन भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका केन्द्रीय महासचिव डि जि शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया
Loading...