
अनेसास विश्व बालसाहित्य सम्मेलन कार्यक्रम भर्चुअल माध्यमबाट अप्रिल २२ र २३ का दिन धुमधामले हुनेभएको छ । प्रवासका बालबालिकालाई समेटेर अनेसासले गर्न लागेको प्रथम विश्व बालसाहित्य सम्मेलनमा धेरै कार्यक्रम रहेका छन् । कार्यक्रम नेपाली समयअनुसार शनिवार बिहान र साँझ गरी दुई चरणमा हुने आयोजकमार्फत् जानकारी प्राप्त भएकाे छ ।
प्रवासमा जन्मिएका र हुर्किएका १८ वर्ष मुनिका भाइ-बहिनीहरूलाई नेपाली भाषा, साहित्य, कलाका विविध आयाममा आकर्षण र प्रेरणा दिने उदेश्यले संस्थाकी सचिव विमला ढुङ्गाना निरौलाको परिकल्पनामा सञ्चालन हुन थालेको बालतारा संवाद र सिर्जनाको कार्यक्रमको अत्याधिक सफलतापछि ‘अनेसास बालतारा पुरस्कार’ को स्थापनासमेत गरिएको छ ।
अनेसासको मासिक बालकार्यक्रम ‘बालतारा’मार्फत् प्रतिभाको खोजी गर्दै जोडिएका सम्पूर्ण सहभागीको लागि यो पुरस्कारको परिकल्पना गरिएको हो । छनोट समितिद्वारा छनोट गरी यसको प्रथम संस्करणस्वरूप पहिलोपटक यो पुरस्कारको घोषणा पनि गरिएको छ ।
बालतारा कार्यक्रम सञ्चालिका विमला ढुङ्गाना निरौलाको संयोजकत्वमा अमेरिकाबाट राजेन्द्र श्रेष्ठ र तारा अधिकारी रहेको प्रतिभा छनोट समितिले निर्णय गरेको उक्त पुरस्कारमा एक सय पाँच डलरसहित प्रमाण पत्र रहेको छ ।
यही शुक्रबार र शनिबार हुने बाल सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिने छ । कार्यक्रमको पहिलो दिन जापान र अष्ट्रेलियका बाल सहभागिता बालरचनाका साथमा रहनेछन् । प्रथम दिनको प्रमुख अतिथि बरिष्ठ बालसाहित्यकार रामबाबु सुवेदी र केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’, विओटी सभापति गीता खत्री, वक्ताहरूमा विभिन्न विषमा बोल्नको लागि विभिन्न क्षेत्रमा खरिनुभएका प्रतिष्ठित बालसाहित्यकारहरु रहनुभएको छ ।
साथै दोस्रो दिनको कार्यक्रम पनि उत्तिकै भव्य रहने र प्रवासका बालबालिकाबाट प्रतिभा प्रदर्शन, बालरचना सुन्ने र सुनाउने कार्यक्रम रहेको छ । कार्यक्रम सञ्चालन अनेसास केन्द्रीय सचिव अर्थात् सम्मेलन संयोजक विमला ढुङ्गाना निरौलाबाट हुनेछ ।
प्रवासमा बसेर विगतमा बाल सृजनाहरू निकालिसकेका बालसाहित्यकारहरूको मिठो अनुभवसहितको संसारभरिका बालबालिकाको उत्साहजनक सहभागिता रहने यस किसिमको यो प्रथम सम्मेलनले प्रवासका बालसाहित्यमा नयाँ उर्जा दिने विश्वास लिइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

