डि जि शर्मा
युएई / विशेष कारणबस युवा अवस्थामै श्रवणशक्ति गुमाउन पुग्नु भएका युवा कवि, पत्रकार तथा भाषा सम्पादक राजेन्द्र तारकिणीको कानको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले “आर्थिक सहयोग संकलन अभियान” सञ्चालन गर्ने भएको छ ।
बुधबार बसेको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरको नेतृत्वमा विश्वव्यापी रुपमा रकम संकलन अभियान चलाउने निर्णय गरेको हो ।
यसमा प्रतिष्ठानमा आबद्ध पदाधिकारी तथा सदस्यहरुबाट समेत स्वेच्छिक सहयोग संकलन गर्ने र त्यसलाई एकमुष्ट संस्थागत रुपमा सम्बन्धित व्यक्तिको बैँक खातामा जम्मा गर्ने पनि बैठकले निर्णय गरेको छ ।
सुदूरपश्चिमी जिल्ला बैतडीमा जन्मनुभएका कवि तारकिणीले हाँडे रोगका कारण १५ वर्षैकै उमेरमा श्रवण शक्ति गुमाउनु परेको थियो । हाल उहाँको यो केस त्रि.वि. शिक्षण अस्पताल, काठमाडौँका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. रविन्द्रभक्त प्रधानाङ्गले हेरिरहनु भएको छ ।
डा. प्रधानाङ्गका अनुसार कवि राजेन्द्रको दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुने र बोलीमा समेत सुधार हुनेछ ।
यसका लागि मेसिन र अपरेसन बापत कम्तिमा १८ लाख पचास हजार रुपैयाँ लाग्नेछ । जसमध्ये अपरेसन सफल भएपश्चात् नेपाल सरकारबाट अनुदान वापत छ लाख पचास हजार रुपैयाँ प्राप्त हुनेछ ।
बाँकी तत्काल आवश्यक पर्ने १२ लाख रुपैयाँ जुटाउनु पर्ने हुन्छ । तर एक साहित्यसेवी तारकिणीको सामान्य आर्थिक अवस्थाले सो खर्च धान्न सक्ने स्थिति नभएकाले सहयोग अभियान संचालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मगरले बताउनु भयो ।
शुभेच्छुक सहयोगी महानुभावहरुले विभिन्न माध्यमबाट सहयोग रकम संकलन गरेर कवि तारकिणीको नाममा रहेको बैँक खातामा सिधै जम्मा गर्न सकिने पनि अध्यक्ष मगरले जानकारी गराउनु भयो ।
प्रतिष्ठानको फेसबुक पेजबाट हरेक शनिबार प्रसारण हुँदै आएको साहित्यिक अन्तरवार्तामूलक कार्यक्रम “स्रष्टा र सिर्जना” मा गत बैशाख ३ गतेको १०३ औँ शृङ्खलामा साङ्केतिक दोभासेको सहयोगमा कवि तारकिणीसँग विशेष अन्तरवार्ता लिइएको थियो ।
त्यसमा राष्ट्रिय साङ्केतिक भाषा दोभासे संघ नेपालका अध्यक्ष दिनेश श्रेष्ठले वार्ता सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो । सो कार्यक्रम प्रसारण भएपश्चात् उहाँको उपचारका लागि सहयोग अभियान चलाउनु पर्ने माग आएकाले पनि प्रतिष्ठान यस्तो निर्णयमा पुगेको अध्यक्ष मगरले प्रष्ट पार्नु भयो ।
यस अभियानमा सबैको साथ सहयोग रहने पनि उहाँले विश्वास व्यक्त गर्नु भयो ।
हाल काठमाडौँमा रहेर साहित्य लेखन र पत्रकारितामा सक्रिय कवि तारकिणी न्यूज २४ नेपाल (News24 Nepal)मा कार्यरत हुनुहुन्छ । सम्पादन हाउसमार्फत साहित्यिक कृतिहरू सम्पादनमा समेत सक्रिय उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र प्रगतिशील लेखक संघ लगायत संघ-संस्थामा पनि आबद्ध हुनुहुन्छ ।
साहित्य लेखनको छोटो समयमै उहाँका तीन वटा साहित्यिक र दुई ओटा गैरसाहित्यिक कृति प्रकाशित भइसकेका छन् भने एउटा कविता सङ्ग्रह प्रकाशोन्मुख छ ।
सहयोगका लागि बैँक खाता :
नाम : Rajendra Prasad Pant
बैँक : Global IME Bank Ltd / Kantipath Branch
A/C Number : 0107010024497
============================
बैँक : NIC Asia Bank Ltd / Sukedhara Branch
A/C Number : 2887931058524001
===============================
E-Sewa/Khalti wallet :
+977-9861606136 (Rajendra Prasad Pant)
–––––––––––––
Email – rtpoet069@gmail.com
Viber – +977- 9849560709
फेसबुक : rajendra.tarakini
थप जानकारीका लागि : +977-9849560709
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।