लघुकथा समाज नेपाल तथा व.वि.वि. मंडल कला वाणिज्य महाविद्यालय, महाराष्ट्र तथा रुसी भारतीय मैत्री संघ दिशा मस्कोको संयुक्त आयोजनामा साहित्यिक संगोष्ठी सम्पन्न भयो ।

भारतका विभिन्न प्रान्तहरूबाट आएका साहित्यकारहरूको समूहले समग्र साहित्य तथा नेपाल–भारतबीचको साहित्यिक सांस्कृतिक सम्बन्धमाथि कार्यपत्रहरू प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटनसत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल–भारतबीच साहित्यिक सांस्कृतिक सम्बन्धका बारेमा चर्चा गर्नुभयो ।

भारतीय साहित्यिक समूहका संयोजक डा. मोनिका शर्माले संगोष्ठीको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, डा. शैलेन्दुप्रकाश नेपाल, गोपाल अश्क, डा. श्वेता दिप्ती, डा. सुनिता नारायणलगायत साहित्यकारले बोल्नु भएको थियो ।

दोस्रो सत्रमा हिन्दी भाषाका तीन पुस्तकहरूको विमोचन गरिएको थियो भने नेपाल–भारतबीचको साहित्य र साहित्यिक सम्बन्धलाई लिएर कार्यपत्रहरू प्रस्तुत गरिएको थियो ।

सो अवसरमा डा. राजेन्द्र काशीनाथ, डा. सविता काशीनाथ तायडे, डा. श्रीप्रकाश यादव, डा. कल्पना मौर्य, डा. विदुषी आमेट, डा. प्रविणा, डा. अलका यतीन्द्र यादवले बोल्नु भएको थियो ।

सो अवसरमा नेपाल–भारतका विभिन्न साहित्यकारहरूलाई सम्मानसमेत गरिएको थियो ।