निर्मल पुर्जा अर्थात (निम्स दाई)को पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुने भएको छ ।
नेपालका ‘वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्ने भएको हो ।
बेलायतको चर्चित म्यागजिन ‘द सन्डे टाइम्स’का का अनुसार ‘टप टेन बेस्ट सेलर’ किताबहरु मध्येमा एक हो पुर्जाको ‘बियोण्ड पसिबल’ ।
विभिन्न म्यागजिनमा पुस्तकबारे राम्रो समिक्षा गरिएको छ । अमेजन र गुडरिड्स जस्ता साइटहरुमा पनि पुस्तकले ४.५ को रेटिङ पाएको छ ।
हालसम्म यो पुस्तक फ्रेन्च, बुलगेरियन, इटालियन, स्पेनिस, पोलिस, रसियन र अग्रेंजीलगायत ७ वटा भाषामा प्रकाशित भइसकेको छ । ३२० पृष्ठको यो पुस्तक नोभेम्बर १२, २०२० को दिन विश्वबजारमा आएको थियो ।
निर्मल पुर्जा नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाँपालिका–३, दाना भन्ने ठाँउमा सन् १९८३ मा जन्मिएका हुन् । ब्रिटिस सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष युके स्पेशल फोर्सेस (यूकेएसएफ) मा बिताएका थिए ।
पुर्जा एक कीर्तिमानी हिमाल आरोही हुन् । उनले ७ महिनाभन्दा कम अवधि (१८९) दिनमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका छन् ।
बेलायतको होडर एण्ड स्टफटन प्रकाशन गृहले बियोण्ड पसिबल पुस्तक अंग्रेजी भाषामा पहिले प्रकाशन गरिसकेको छ । ‘वी रिड प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।