पोखरा / साहित्य शृङ्खला, पोखराको २३५ औं नियमित रचना वाचनको शृङ्खला एवं २९ औं पारिजात स्मृतिको अवसरमा पारिजातको व्यक्तित्व कृतित्व माथि परिचर्चा कार्यक्रम एक समारोहका बीच सम्पन्न भयो ।
पारिजातको जीवनी, कृतिहरूमाथि वरिष्ठ साहित्यकार एवं समालोचक प्रा. डा. रविलाल अधिकारीले पारिजात शारीरिक रुपमा अशक्त भए पनि कमजोरीलाई आफ्नो सपनाको बाधक बन्न नदिई साहित्य सृजना निरन्तर गर्दै आफ्नो जीवन नेपाली साहित्यलाई पुरै दिएको प्रसङ्ग उल्लेख उहाँले गर्नु भएको थियो ।
प्रकृतिलाई माया गर्ने, सौन्दर्यप्रेमी, सुधारवादी, मानवतावादी सोच भएकी साहित्य लेखन, समाजसेवामा सक्रिय रहिरहने महिला हस्ती भएको र सम्पूर्ण महिलाका लागि प्रेरणाको स्रोत र उनलाई बुझ्नसमेत सो अवसरमा सुझाउनु भएको थियो ।
साहित्य शृङ्खलाका संस्थापक परिकल्पनाकार धनप्रसाद तामाङले पारिजात आफू पनि सशक्त महिला हस्ती त्यसमाथि पनि कम्युनिस्ट आन्दोलनका हिरो निर्मल लामाको सङ्गतले अझै उनलाई विचारमा परिपक्वता ल्याउन मद्दत पुगेको बताउनुभयो ।
शृङ्खलाका सल्लाहकार एवं परिश्रमी प्रतिभा पुरस्कारका स्थापनाकार नारायण परिश्रमीले पनि पारिजातमाथि टिप्पणी गर्नु भएको थियो ।
कवि नुमराज बरालले मिठो लय भरेर पारिजातसम्बन्धी रचना सुनाउनु भएको थियो । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ छन्दिका त्रिपाठीले पनि मिठो स्वरमा पारिजातका रचना अनि छन्दमणि त्रिपाठीका शब्द रचनामा रहेको सीमाका कथा शार्दुल विकृडित छन्दमा सुरिलो स्वरमा गाउँदा सबै दर्शक श्रोता मन्तमुग्ध भएका थिए ।
गीताञ्जली साहित्य परिवारका अध्यक्ष एवं रामनाथ अधिकारी संगीले नयाँ वर्षको कविता वाचन गर्नु भएको थियो । निवर्तमान अध्यक्ष लोकनाथ पुडासैनी र सल्लाहाकार विष्णु अल्पविरामले समसामयिक सामाजिक चेतना जगाउने लघुकथा वाचन गर्नु भएको थियो ।
गीता तिवारी, चन्द्रावती वाग्ले, सन्तोष न्यौपाने, सन्तोष पौडेल, प्रबिना पौडेलले जोशिलो कविता तथा मुक्तक वाचन गर्नु भएको थियो ।
संस्थाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीले पारिजातको जीवनी मिसिएको मार्मिक गीतिरचना सुनाउनु भएको थियो ।
संस्थाका उपाध्यक्ष एवं सृजना आलोक शृङ्खलाका सम्पादक तारा प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्यका साथ ‘हातमा घडी छ’ रमाइलो प्यारोडी गीत गाउनु भएको थियो ।
संगम सांस्कृतिक मन्च, नेपालका सचिव विकास लुङ्गेली र डि बि बान्तवाले पनि संगीतमार्फत उपस्थित दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउनु भएको थियो ।
संस्थाका सचिव काजी गाउँलेको सन्चालनमा भएको कार्यक्रमको अध्यक्ष लक्ष्मी थापाले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।