
विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको चौथो राष्ट्रिय अधिवेशन नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिबार सम्पन्न भयो ।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेसनमा विनेसाम नेपाल शाखाको कृति “साहित्य एक विधा अनेक”, सुनिता राई कन्दङ्वाको कृति “तिउरी”, विनेसाम लुम्बिनी प्रदेशको कृति “लुम्बिनी दर्पण”को विमोचनसँगै समीक्षासमेत गरिएको थियो ।
अधिवेसनले अध्यक्षमा कल्पना पौडेल ‘जिज्ञासु’लाई अध्यक्षमा चयन गरेको छ । यसैगरी उपाध्यक्षमा केशु पोख्रेल र सीता विष्ट कार्की, महासचिवमा अम्विका राई ‘अनमोल’, सचिवमा कृष्ण केसी, सहसचिवमा गंगा आचार्य सापकोटा, कोषाध्यक्षमा बसु श्रेष्ठ चयन गरिएका छन् ।
सदस्यहरूमा सुभद्रा धिमिरे, कल्पना चाम्लिङ, दीपा नेपाल, विमला अधिकारी, रजनी शर्मा, ढुण्डिराज रीता खतिवडा, यमनाथ सुवेदी, गङ्गाराम ढकाल, लेकप्रसाद प्याकुरेल, मुना सिग्देल चयन गरिएका छन् ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ फाल्गुन २०८२, शनिबार 










