साहित्यकार पारिजात स्मृति दिवसको अवसर पारेर अनेसास जापानले एक भव्य साहित्यिक कार्यक्रम गर्ने भएको छ।

अनेसास जापानको नियमित अनलाइन कार्यक्रम साहित्य चौतारीको २५ औँ शृङ्खला समेत रहने गरी उक्त कार्यक्रमको तयारी गरिएको अनेसास जापानले जनाएको छ।

कार्यक्रममा जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा पनि सक्रिय रहनुभएका करिब ३० जना नारी सर्जकहरूले सिर्जना वाचन गर्नुहुनेछ।

कार्यक्रममा साहित्यकार पारिजातको व्यक्तित्व, कृतित्वका साथै वहाँका अनेक आयामहरूमाथि अनेसास जापानको सल्लाहकार समेत रहनुभएकी सर्जक डा. बुनु दाहालले चर्चा गर्नुहुनेछ।

संस्थाकी कोषाध्यक्ष दीपा घिमिरेले कार्यक्रमको सहजीकरण गर्नुहुनेछ भने कार्यक्रमको विभिन्न तयारी तथा संयोजन संस्थाकी उपाध्यक्ष सविना रेग्मीले गरिरहनु भएको छ।

जुमबाट सञ्चालन हुने उक्त कार्यक्रम अनेसास जापानको पेज लगायत जापानमा क्रियाशील अन्य सञ्चारमाध्यमका फेसबुक पेजहरूबाट पनि प्रत्यक्ष प्रशारण गरिने अनेसास जापानले जनाएको छ।