कवि तथा गीतकार डा. रजनी ढकालद्वारा रचित ‘पर्खेर बस्छु म तिमै्र बाटो’ बोलको गीत तथा म्युजिक भिडियो लोकप्रिय बन्दै गइरहेको छ ।
ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट भिडियो प्रसारण भएको छ ।
गीतमा चर्चित गायिका रचना रिमालको स्वर सजिएको छ । कर्णप्रिय गीत ‘पर्खेर बस्छु म तिमै्र बाटो’मा प्रीतिबहादुर खत्रीको सुमधुर सङ्गीत रहेको छ ।
भिडियोमा आयुष्मा आचार्य, समीर अर्याल, डा. रजनी ढकाल, इ. समीर ढकाल, विव्येश्वरी काफ्ले, डा अग्निप्रसाद काफ्ले र अनिमा पौडेलको अभिनय रहेको छ ।
त्रिभुवन विश्वविद्यालयमा छायाङक्न गरिएको भिडियो निकै सुन्दर बनेको छ । भिडियो निर्देशन सङ्गीतकार खत्री स्वयंले गरेका हुन् । भिडियोमा सरोज शाहीको छायाङ्कन र निरजन केसीको सम्पादन रहेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
डा. रजनी ढकाल
फाल्गुन ६, शुक्रबार १३:०१