
कतारमा स्थापित साहित्यिक संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो १२३औँ रचना वाचन डबली सम्पन्न गरेका छन् ।
प्रत्येक महिनाको दोस्रो शुक्रबार सम्पन्न हुने डबलीमा फरक व्यक्ति संयोजक र फरक व्यक्ति विशिष्ट श्रोता रहने विशेषता कार्यक्रमले बोक्ने गरेको छ ।
यसपटकको कार्यक्रम संयोजक सानू थपलियाले सञ्चालन गरेको सो रचना वाचन डबलीमा सुरेश परियार आभास, जीवन बिक, प्रकाश पाठक योगी, निरन नेपाल, नारायण निर्जल भण्डारी, सोम थापा, सोतन्त्र नेपाल, लेख कार्की, शिव सुबेदी, श्यामराज रानाभाट, टीका खड्का राष्ट्र प्रेमी, माया केसी, मणि पौडेल र सीताराम थापाले आफ्ना सिर्जना वाचन गरेका थिए ।
कार्यक्रमका विशिष्ट श्रोता झापाली समाज कतारका अध्यक्ष केशव कार्कीले यत्तिका वर्ष कतारमा रहेर पनि यस्तो कार्यक्रममा उपस्थित हुने अवसर चुकाएको र आगामी डबलीहरुमा यो अवसर नगुमाउने वाचासहित कार्यक्रम समापन गरेका थिए।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

