जाजरकोटमा नयाँ वर्षको अवसरमा वृहत् साहित्य उत्सव हुने भएको छ । जाजरकोटी साहित्यिक आवाजको आयोजनामा छेडागाड नगरपालिका मनघाटमा वैशाख १ गते साहित्य उत्सव हुने भएको हो।

“साहित्यको संरक्षण र सम्बर्द्धन हाम्रो अभियान, “ जोगाऔं, बचाऔं, बनाऔं, हाम्रो पहिचान’’ भन्ने मूल नाराका साथ हुन लागेको साहित्य उत्सवमा गजल महफिलमा क्षितिज समर्पण जाजरकोट, कृष्ण विरही अछाम, हरिश जोशी बझाङ्ग, दीर्घराज प्रीयसी कैलाली को वाचन रहनेछ।

सोही उत्सवम मुक्तक मुसायरा पनि हुनेछ । जसअन्तर्गत चन्द्रा चाँदनी कालिकोट, मनोज दाहाल ‘मनु’ सल्यानले मुक्तक वाचन गर्नेछन् । यी दुवै कार्यक्रमको सहजीकरण चर्चित कवि, गजलकार बावु त्रिपाठीले गर्नेछन् ।

कार्यक्रममा साहित्यका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका श्रष्टाहरूलाई सम्मान गरिनेछ । कवि,गजलकार- बाबू त्रीपाठी (काठमाडौँ), गजलकार विपिन सलामी (डोटी), कवि, गजलकार धिरेन अनुपम (सुर्खेत), कवि साहित्यकार पूर्ण समीर महातारा (जाजरकोट), साहित्यकार -ज्ञानेन्द्र बहादुर सिंह (जाजरकोट),साहित्यकार बिशाल चन्द जाजरकोटी (जाजरकोट) लाई सम्मान गरिनेछ।

कार्यक्रममा ‘विवश जिन्दगी’ मुक्तक संग्रहको विमोचन गरिनेछ।साहित्य उत्सवमा काठमाडौँ, सुर्खेत, दैलेख, बाँके, बर्दिया, सल्यान, रुकुम, कालिकोट,अछाम, लगायतका देशका विभिन्न जिल्लाहरुबाट साहित्यकारहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष भावुक रिदमले जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतारालाई राखिएको छ।जाजरकोटि साहित्य समाजले थुप्रै उदाहरणीय कार्यक्रम गर्दै आएको छ भने।त्यहाँको नगरपालिकाले पनि साहित्यको निम्ति सहयोग गर्दै आएकोछ।साहित्य पोस्ट जाजरकोट साहित्य उत्सवलाई हार्दिक शुभकामना व्यक्त गर्दछ।