साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सगरमाथा साहित्य प्रतिष्ठानको कर्णाली प्रदेश समिति पुनर्गठन

Chovar Blues Mobile Size

प्रवासमा रहेर लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको सगरमाथा साहित्य प्रतिष्ठानको कर्णाली प्रदेश समिति पुनर्गठन गरिएको छ।

प्रतिष्ठानका कर्णाली प्रदेश इन्चार्ज रोहित कुँवरको विशेष पहल र प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर, केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल इन्चार्ज अजित क्षेत्री, नेपाल शाखाका अध्यक्ष बुद्धिवल श्रेष्ठलगायतको विशेष उपस्थितिमा बिहीबार सम्पन्न एक भर्चुअल भेलाले प्रतिष्ठानको कर्णाली प्रदेश गठन गरेको हो।

कर्णाली प्रदेशका १० ओटा जिल्लाका सर्जकहरुलाई समेटेर गठन गरिएको प्रतिष्ठानको नवगठित प्रदेश शाखाको अध्यक्षमा दैलेखकी सर्जक वबिता विष्ट हुनुहुन्छ । त्यसैगरी भेलाले वरिष्ठ उपाध्यक्षमा हिमाल सरोवर (सुर्खेत), प्रथम उपाध्यक्ष जंग बोगटी त्रिवेणी (दैलेख), उपाध्यक्ष रत्नराज पुन मगर (जाजरकोट), सचिव भावुक ऋदम बाबु (जाजरकोट), सहसचिव दशरथ चनरा (जुम्ला), कोषाध्यक्ष चन्द्रा चाँदनी (कालिकोट), वरिष्ठ सल्लाहकार विष्णु पादुका (डोल्पा) र सल्लाहकारमा घनश्याम राना ऋतुलाई चयन गरेको छ।

त्यस्तै नवगठित कर्णाली प्रदेश शाखाका सदस्यहरुमा नारायण रिजाल, काजल न्यौपाने, सिर्जना शायरा, पुस्कर बाबु, दीपक दूर्लभ, माया निर्भीक, बिनी बुढा उदिम, पि बि बोहोरा, विवेकराज डाँगी, रामराज बुमी, काजी प्रवासी, बखत विष्ट, दीपेन्द्र प्रभात, हरिकृष्ण बुढा, मनोज शाही ठकुरी, युवराज पौडेल, जगत व्यञ्जन, जमुना गौतम जानु र कमेन्द्र शाही आजित रहनु भएको प्रतिष्ठानका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले जानकारी दिनुभयो ।

यसअघि पनि प्रतिष्ठानले कर्णाली प्रदेशमा आफ्नो शाखा विस्तार गरे पनि केही प्राविधिक कारणले गर्दा त्यसलाई खारेज गरेको थियो ।

युएईमा केन्द्रीय कार्यसमिति रहेको प्रतिष्ठानले आफ्नो शाखा विस्तारलाई प्राथमिकता दिँदै आएको छ । हरेक प्रदेशमा प्रतिष्ठानको शाखा विस्तार गर्ने योजना अनुरुप यसअघि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र एक नम्बर प्रदेश शाखा गठन भइसकेका छन भने प्रतिष्ठानको नेपाल शाखा पनि रहेको छ ।

sagarmani mobile size

डि जि शर्मा, युएई

प्रतिक्रिया
Loading...