आउँदो जुलाई १६ मा अमेरिका र क्यानडाका नेपाली साहित्यकारहरूको दोस्रो सीमा वारिपारि काव्य वाचन कार्यक्रमको आयोजना गरिने भएको छ।
यस गोष्ठीमा अहिलेसम्म अमेरिकाबाट २७ जना र क्यानडाबाट २१ जना कविहरूले आआफ्नो कविता वाचन गर्ने भएका छन् । क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा आयोजना गरिने छ ।
नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा अमेरिका र क्यानडामा बसोबास गर्दै साहित्य सिर्जना गरिरहेका नेपाली साहित्यकारहरूको उपस्थितिमा अमेरिका र क्यानाडाको सिमानामा अवस्थित विश्व प्रसिद्ध नियाग्रा फल्स नजिकै हुन गइरहेको दोस्रो सीमा वारिपारि काव्य काव्य संगममा सहभागिताका लागि अनुरोध समेत गरिएको छ ।
सो काव्य संगममा सहभागी हुन चाहनेहरूमा व्यवस्थापन सहजताका लागि जुन १५, २०२२ भित्र जानकारी पठाइदिन समेत आयोजक समितिले अनुरोध गरेको छ ।
साथै सहभागिताका लागि नाम पठाउँदा कविता वाचन गर्ने कि श्रवण मात्र गर्ने हो, त्यसबारे समेत उल्लेख गरिदिन अनुरोध पनि गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।