शरद पोख्रेलले जीवनकै पहिलो कृति बजारमा ल्याएका छन् । कविता सङ्ग्रह “मरुभूमिमा डुङ्गा” को हालै राप्ती साहित्य परिषद् दाङको आयोजनामा घोराहीमा “मरूभूमिमा डुङ्गा” कविता सङ्ग्रहको लोकार्पण गरियो ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख अतिथ्यता अनि प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा र राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा पोख्रेलको कृतिको विमोचन गरिएको थियो ।

कार्यक्रममा साहित्यकार यज्ञबहादुर डाँगीले सो कविता सङ्ग्रहको समीक्षा गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुरूषोत्तम खनाल, विशिष्ट अतिथि पद्मप्रसाद शर्मा र टिकाराम उदासी अतिथि लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्षका दुर्गालाल केसीले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा पोख्रेलले आफ्नो भनाइसहित कविता वाचन गर्नु भएको थियो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा सचिव प्रकाश केसीले सहजीकरण गर्नु भएको थियो ।

सङ्ग्रहमा सम्बन्ध र समवेदना,देश र दृष्टि, आवरण र पर्यावरण गरी तीन खण्डमा पचपन्न कविताहरू सङ्ग्रहित गरिएका छन् ।