नेपाली लेखक संघको नयाँ कार्यसमिति गठन भएको छ । कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

समितिको अध्यक्षमा तीर्थ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिमा अध्यक्ष श्रेष्ठसहित सह–अध्यक्ष डा. रत्नमणि नेपाल, उपाध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल र सन्ध्या पहाडी, महासचिव सोझो गाउँले, उप–महासचिव श्रीबाबु कार्की उदास, सचिव अनुपमा रेग्मी र गणेश शर्मा, कोषाध्यक्ष दामु मर्सिफुल रहेका छन्।

त्यसरी सदस्यहरूमा सुरेन्द्र अस्तफल, निर्मला कोइराला, नारायण सापकोटा, ह्याग्रीव आचार्य, प्रकाश विमिल, युवराज डिसी, डा. विष्णुबहादुर केसी, गोपाल अश्क, भीष्म काफ्ले, गौकुमारी न्यौपाने, महेन्द्र वाग्ले, बाबुराम चालिसे, राधिका गुरागाईं, सरस्वती पन्त, ॠचा लुइटेल, अमृता स्मृति, सरस्वती शर्मा जिज्ञासु, अन्जना पौडेल, जीवन आचार्य, कुमार दाहाल, भगवती खनाल, वासुदेव जम्मरकट्टेल, विष्णुबहादुर दौलाल, महेन्द्रचन्द महासागर रहेका छन्।

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैत्र १८ गते शुक्रवारदेखि शुरु भई चैत्र १९ मा समापन भएको थियो। उक्त सम्मेलनको उदघाटन लेखक एवं नेपाली कांग्रेसका नेता नरहरि आचार्यले गर्नु भएको थियो।