‘भूगोल साहित्य समाज’ले वनभोज तथा कवि गोष्ठी आयोजना गरेको छ । कार्यक्रम काठमाडौँको बालाजु वाइस धारा उद्यानमा चैत १८ गते सम्पन्न भएको हो । भूगोलका मानार्थ,आजीवन तथा साधारण सदस्य सपरिवार सहभागी भएको सो कार्यक्रममा रचना वाचनका अतिरिक्त मनोरञ्जनात्मक कार्यक्रमहरू पनि गरिएको थियो ।

समाजका मानार्थ सदस्यद्वय सुशिल श्रेष्ठ र उद्धव खनाल प्रमुख र विशिष्ट अतिथि रहनुभएको सो कार्यक्रममा जयबहादुर चन्द विशेष अतिथि रहनुभएको थियो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गर्नुभएको थियो ।

कार्यक्रममा महेश रिजाल, बुद्धिराज पाण्डे, भागवत शर्मा, गोविन्द सिग्देल, उद्धव खनाल, एलपी पराजुली, हरिश्चन्द्र गौतम, सीता विष्ट कार्की, दिनेश विक्रम थापा, पद्मा सापकोटा, विनोद नेपाल, ओम आचार्य,मुकुन्द अर्याल, शैलेन्द्रकुमार शाह लगायतले गीत, कविता, गजल, मुक्तक, छेस्का आदि रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा नयाँ सदस्यहरूलाई स्वागत पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै अतिथिहरूले कार्यक्रम आयोजनाका लागि समाजप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो भने अध्यक्ष नेपालले यस्ता कार्यक्रमको आयोजनाले पारस्परिक सद्भाव वृद्धि हुने भएकाले समाजले आगामी दिनमा पनि यस खालको कार्यक्रम आयोजना गर्ने बताउनुभएको थियो ।

‘भूगोल साहित्य समाज’ राष्ट्रिय वाणिज्य वैंकवाट निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वहरूद्वारा भाषा र साहित्यको उन्नयनको उद्देश्यले गठन गरिएको साहित्यिक संस्था हो । विगत झण्डै तीन वर्षदेखि क्रियाशील यस संस्थाको कार्यालय दरबारमार्ग, काठमाडौमा अवस्थित छ । यससँगै समाजले पन्ध्रौँ रचना वाचन श्रृङ्खला सम्पन्न गरेको छ ।