
चैत्र १८ शुक्रबारका दिन गोकर्णेश्वर नगरपालिकाले आरुबारी चोक काठमाडौँमा “वृहत् राष्ट्रिय हास्य व्यङ्ग्य कविता प्रतियोगिता” आयोजन गर्यो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे हुनु भएको यस कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कलाकारहरूको उपस्थिति थियो ।
वरिष्ठ हास्य व्यङ्ग्यकार भैरव अर्याल र यशस्वी साधक रमेश विकलले स्पर्श पाएको माटोमा विगतमा पनि गोकर्णेश्वर नगरपालिकाले यस्तै गरिमामय साहित्यिक कार्यक्रम गर्दै आएको छ।
गीतकार कन्चन पुडासैनी, रमेश खकुरेल, गोविन्द घिमिरे वेदमणि, प्रा. डा. ऋषिराम पोखरेल, डा. विदुर चालिसे लगायतको उपस्थितले कार्यक्रम भव्य भएको थियो । आमन्त्रित अतिथि कवि अर्जुन पराजुली, चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, गायत्री लम्साल, नरनाथ लुइँटेल, नरेन्द्रराज पौडेल, डा. बमबहादुर जिताली रहनु भएको थियो ।
कलाकार मनोज गजुरेल, श्रीकृष्ण सिंखडा, राजा राजेन्द्रको बेजोड हास्यले कार्यक्रम हास्यमय बन्न पुगेको थियो ।
यता प्रतियोगितात्मक कविता वाचनमा भने प्रतियोगी कविलाई वर्णानुक्रममा वाचनका लागि मञ्चमा आमन्त्रण गरिएको थियो ।
अनिल पौडेल कीर्ते -टाँडी मोरङ, इन्दिरा कार्की -कोटेश्वर, ईश्वर केसी -चाँगुनारायण, काशीनाथ मिश्रित -रुरु गुल्मी, गणेशप्रसाद खतिवडा- दूधकोशी सोलु, चन्द्र श्री कार्की -तेह्रथुम, चिरञ्जीवी लामिछाने -हेटौंडा, टेकबहादुर कोइराला -बारपाक गोरखा, तीर्थराज जोशी -डोटी, दीपक घिमिरे- उत्तरगया रसुवा, नवराज चौलागाईं -ललितपुर, पिँडालु पण्डित- काठमाडौँ, वासुदेव ठकुरी-शिवपुरी नुवाकोट, विवश दाहाल- बनेपा काभ्रे, विन्दु दाहाल मूकदर्शक -दमक झापा, भलाद्मी भोला -लिखु ओखलढुंगा, मदन प्याकुरेल -गोकर्णेश्वर, माधव पोख्रेल गोज्याग्रो- गाईघाट उदयपुर, राजाराम श्रेष्ठ -गोदावरी ललितपुर, राजेश पोख्रेल -गोकर्णेश्वर, रामदेव पाण्डे -अर्घाखाँची, रेशम अधिकारी -सुनवल नवलपरासी, रोशन तिमिल्सिना -कास्की पोखरा, सन्तोष खनाल -इमाडोल ललितपुर, संगम संयोग-कास्की पोखरा, संप्रश पौडेल- मनहरि मकवानपुर, शिवप्रसाद आचार्य-नुवाकोटले प्रतियोगितात्मक हास्यव्यङ्ग्य कविता प्रस्तुत गर्नु भएको थियो ।
प्रा.डा. गोविन्दराज भट्टराईको संयोजन युवराज मैनाली र ठाकुर शर्माको तीन सदस्यीय निर्णायक मण्डलले प्रस्तुति र शब्दचयनलाई आधार मानेर छुट्टाछुट्टै नम्बरलाई जोडेर निष्पक्ष निर्णय गरेको थियो ।
प्रथम हुने सङ्गम पोखरेल, कास्की पोखरालाई रु ५० हजार, दोस्रो हुने विन्दु दाहाल मूकदर्शक दमक झापालाई रु. ३० हजार, तेस्रो हुने संप्रश पौडेल मनहरि मकवानपुरलाई रु. २० हजार र सान्त्वना हुने तीन कवि पिंडालु पण्डित काठमाडौँ, काशीनाथ मिश्रित रुरु गुल्मी, रामदेव पाण्डे अर्घाखाँचीलाई रु १०/ १०/१० हजार नगद राशि प्रदान गरियो।
सधैँ नेताले चर्को भाषण गर्ने गर्थे आज मञ्चमा बसेर व्यङ्ग्य र हास्यमा चित्त बुझाउनु परेको थियो ।
कार्यक्रमका संयोजक वरिष्ठ साहित्यकार एवम् विजय चालिसेले अत्यन्तै राम्रा कविता एक सय एक कविता आएकामध्ये छब्बीस कवितालाई प्रतियोगितामा छ्नोटमा पारिएको जानकारी गराउनुभयो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको अध्यक्षतामा उक्त कविता प्रतियोगिता भएको थियो ।
कार्यक्रममा माननीय छिरीङ् दोर्जे लामा, उपप्रमुख शान्ति नेपालको उपस्थिति रहेको थियो । कार्यक्रम कवि शान्ति रिसालले सञ्चालन गर्नु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा पहिलो हुने सिजापतिलाई नगद ६० हजार
