नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलालीले विभिन्न विधाका सहित्यकारलाई पुरस्कृत तथा अभिनन्दित गरेको छ ।
प्रतिष्ठानले मगलबार काठमाडौँमा आयोजना गरेको विविध पुरस्कार एवं अभिनन्दन कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४ औँ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुस्कार वितरण गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा राकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताउनुभयो ।
प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैयाँ राशीको मणिराज वाङ्मय पुरस्कार साहित्यकार लोकेन्द्रबहादुर चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा. तुलसी भट्टराईलाई प्रदान गरेको छ ।
यसैगरी गोदावारी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ ।
यसरी नै स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्कार भरतराज पौडेललाई प्रदान गरिएको छ । प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्रा.डा. रामचन्द्र भट्ट र खडगबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरिएको छ ।
सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा. तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक यात्रा बृत्तान्त पुस्तकसमेत लोर्कापण गर्नु भएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले साहित्य समाजको आत्मा भएकाले साहित्यबिना मानव जीवन निरस हुने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी, महासचिव मदनराज जोशी, साहित्कार तुलसी भट्टराई लगायतका साहित्यकारले मन्तव्य राख्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।