गजलकार शान्ति शर्माको “बिरानो सहर”मा बोलको गजल”शान्ति शर्मा” युट्यूब च्यानलमार्फत नेपाली सङ्गीत बजारमा सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ । अकेष्टिक इन्टरनेशनल नेपालमा रेकर्डिङ्ग भएको गजललाई प्रकाश मिश्रले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्।

गजलको मर्मअनुसार प्रेम, मिलन र विछोडका विषयवस्तुलाई कलात्मक रुपमा उतारिएको भिडियोमा महानायक राजेश हमालको साथमा सर्जक स्वयं शान्ति शर्मा, सुशिला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ । निशान घिमिरेको निर्देशन तथा सम्पादनमा तयार गरिएको भिडियोलाई मुकेश हुमागाईँले छायाङ्कन गरेका हुन् ।