अनेसास जापानले यही मार्च २७, २०२२ (चैत्र १३, २०७८) का दिन नेवा डाइनिङ सिनओकुबो टोकियोमा नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान, ६२ औँ नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नयाँ वर्षको शुभकामना आदानप्रदान, नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श गरी तीन सेसनमा कार्यक्रम सम्पन्न गरिने छ । युरेका पब्लिकेशन काठमान्डुले प्रकाशन गरेको अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरू’ माथिको विमर्श सेसनमा पुस्तकमाथि टिप्पणी, प्रश्न र धारणा तथा लेखकद्वारा पुस्तक हस्ताक्षर गराइने जनाइएको छ ।

विगत लामो समयदेखि जापानमा संगठित भएर नेपाली भाषा, साहित्य र स्रष्टाको उन्नयनमा सक्रिय संस्था अनेसास जापानले गीतकार अमृत शर्मा ढकाल जापान आएको अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्न लागेको जानकारी अनेसास जापानका अध्यक्ष रविन शर्माले दिनुभयो ।