नेपाली साहित्य समाज क्यानडाको आयोजनामा गएको मार्च १९, २०२२ शनिबार केही हास्यव्यंग कविता, केही मधुर गीत संगीत र नृत्यका साथ होलीको शुभकामना परस्पर आदान प्रदान गर्दै रङ्गको पर्व फागु धूमधामसँग मनाइयो।
कोभिड -१९ का कारण बितेका दुई वर्ष यसरी सामुहिक रूपमा फागु पर्व मनाउन सकिएको थिएन। कोभिड कहर मत्थर भएको अवसरमा यस पटक भने दुई वर्षअघि होली मनाउन बुक गरेको अन्टेरियोको टोरन्टोस्थित १५७७ किंग्स्टन रोडमा रहेको रोयल कनेडियन लीजन हलमा करिब १५० जनाको उपस्थितिमा यो पर्व मनाइयो।
प्रवासी नेपालीका नयाँ पुस्तालाई होली पर्व कसरी मनाइन्छ भन्ने देखाउन/सिकाउन यस कार्यक्रममा सपरिवार उपस्थिति हुन अनुरोध गरिएअनुसार समुदायका साना ठूला सबै यस कार्यक्रममा उपस्थित भएर फागु पर्व मनाइएको थियो ।
नेपाली साहित्य समाज क्यानडाका महासचिव मोहन खरेलद्वारा संचालित यस कार्यक्रममा डा. गोविन्द सिंह रावतले होली पर्वका बारेमा जानकारी गराएपछि शिशिर पाण्डे र गोपी कृष्ण काफ्ले, हास्यव्यंग कविता तथा सिरिन गुरागाई, विश्व वर्मा, र उत्तम मकाजुले गीत सुनाएका थिए। यसै गरी प्रदिप बास्कोटाले मीठो बाँसुरीको धुन र बिदुर केसीले मादलको भाका पस्केका थिए। औपचारिक कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष खेम गुरागाईंले आफ्नो कविता पाठ गरी यो पर्वलाई भव्यताका साथ सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिंदै जुलाई १६, २०२२ मा नायागरा फल्समा ने. सा. स. क्यानडाद्वारा आयोजना गरिने दोस्रो उत्तर अमेरिका सीमा वारिपारि काव्य संगममा उपस्थितिका लागि अनुरोध गरे ।
समाजले निकट भविष्यमा प्रकाशन गर्न लागेको कविता संग्रहलाई रचना पठाउनका साथै यथासक्य आर्थिक सहयोग गर्न पनि अनुरोध गरियो । यस्तै आगामी वर्षहरूमा पनि यसरी नै उत्साह साथ सहभागिता जनाउन अनुरोध गरिएको थियो ।
त्यसपछि सहभागीहरुले फागु सम्बन्धी गीत संगीतमा नृत्य गरी रमाइलो गरे।
ने. सा. स. कार्यकारी समितिका सदस्य अनुप न्यौपानेको मुख्य संयोजकत्वमा सम्पन्न यस कार्यक्रममा पारु पाण्डे, शोभा गुरागाईं, नमिता मैनाली, गिरिराज र शोभा अधिकारी परिवार, सुलिन र शान्ति शाक्य परिवार प्रज्वल र श्रद्धा जोशी हरुले स्वैच्छिक रुपमा स्न्याक्स/अचार, फ्रेन्च फ्राइज़, बारा इत्यादि ल्याएर सहयोग गरेका थिए भने हेम पाण्डे, तेज खतिवडा, प्रदिप पौडेल, र तुल्सी धरेल ले आर्थिक सहयोग एवं अमित उपाध्याय, रमेश प्रसाई र उमेश कोइरालाले स्थान र आवश्यक सरसामान जुटाउन सहयोग पुर्याएको नेपाली साहित्य समाज, क्यानडाका महासचिव मोहन खरेलले जनाउनु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।