पोखरा, चैत्र ६ / पोखरेलीयुवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालनगर्दै आएको समताकाव्य सन्ध्याको ३४६औं शृङ्खला सम्पन्न भयो । मार्च २१ विश्व कविता दिवसको पुर्व सन्ध्यामा पोखरामा कविता वाचन कार्यक्रम सम्पन्न भयो । प्रत्यक महिनाको पहिलो शनिबार, पोखरेलीयुवा साँस्कृतिक परिवार, पोखराले समताकाव्य सन्ध्याको आफ्नो नियमित शृङ्खलालाई बिशेष कविता वाचन शृङ्खलाका रुपमा सम्पन्न गरेको छ ।
काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमका प्रमुख अतिथि कवि सरस्वती प्रतीक्षाले “ कविताले मानव जीवनलाइ साधनारत हुन उर्जा प्रदना गर्ने बताइन् । कविताको सगरमाथा उचाइ चुम्न निरन्तर साधना र मौनता आश्यक भएको बताइन् । आँफु पनि कविताको सगरमाथा उचाइ नाप्दै बेसक्याम्पको यात्रामा रहेको बताइन् ।
कार्यक्रमका अर्का अतिथि परिवारका सल्लाहकार अग्रज पत्रकार बद्रि विनोद प्रतीकले “ समता काव्य सन्ध्या कविताको अघोषित पाठशाला भएकोले कविता वाचन र लेखनमा जोड दिनुपर्ने बताए ।”
विषेश अतिथि पोखरा प्रज्ञा प्रतिष्ठान कि प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ “सरू” ले आँफु पनि ५०को दशक देखि समता काव्य सन्ध्याको अघोषित विधार्थी भएको बताइन् ।
काव्य सन्ध्याको ३४६ औँ शृङ्खलामा कविहरू संगीता गौतम, सुरज उपाध्याय, प्रकाश आचार्य, मनिषा पौडेल, इन्द्रराना प्रतीक, इशा शाह, ध्रुब बराल, सिर्जना ढकाल, शर्मिला कार्की, अबिनाश सापकोटा, डा भूमिराज बस्ताकोटी, बसन्त विनोद, सावित्री गिरी, सुर्दशन पौडेल, गीता तिवारी, रेशम गिरी, सञ्जिव पौडेल, अमृत क्षेत्री, रीता अधिकारी ऋतु, डा वसन्त गौतम र डा ईश्वरमणि अधिकारीले कविता वाचन गरेका थिए । परिवारका उपाध्यक्ष उपेन्द्र पौडेलले स्वागत गरेका थिए । परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सह–सचिव शिव त्रिपाठीले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।