विमल सिटौलाद्वारा लिखित उपन्यास त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एक कार्यक्रमबीच विमोचन भएको छ ।
विश्वविद्यालयको सिनास हलमा वरिष्ट साहित्यकारहरु बीच आज उपन्यास विमोचन भएको हो । प्रा. डा. गोबिन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् सुरेन्द्र सिटौला, समालोचक महेश पौड्याल र साधना प्रतीक्षा लगायतले उपन्यासको विमोचन गर्नुभएको थियो ।
समारोहमा प्रा.डा. भट्टराईले उपन्यासको बारेमा बोल्दै भन्नुभयो, ’लामो वर्षपछि शिक्षा संकायबाट नव साहित्यकारको जन्म भएको छ ।’
कल्पनाशिलता उच्च भएको विलक्षण प्रतिभा विमल सिटौलाको कृतिले उच्च कोटीको रहेको बताउनुभयो ।
त्यस्तै, समालोचक साधना प्रतीक्षाले ‘निर्दोष डेरावाल’ जानी नसक्नुको रहस्य रहेको बताउनुभयो । साथसाथै, बौध्दिक चोरीमा आफ्नो पीडा व्यक्त्त गर्न नसकेका आम बौध्दिक वर्गको पीडालाई उपन्यासले उतारेको बताउनुभयो । यो उपन्यासले उठाएको विषयलाई विद्यार्थीवर्ग साथसाथै अभिभावक, डेरावाल, घरधनी र विश्वविद्यालयका गुरुहरूले समेत गहन रुपमा लिनुपर्ने बताउनुभयो । उपन्यासले साहित्यको मर्मलाई बढो मिठो ढंगले प्रस्तुत गरेको बताउनुभयो ।
त्यस्तै, समालोचक महेश पौड्यालले उपन्यासको बारेमा बोल्दै यो उपन्यास तिलस्मी शैलीमा प्रस्तुत भएता पनि बदनाम भएपछि कसरी निवृत्ति लिने भन्ने प्रश्न हामीमाझ छाडेको बताउनु भयो । उपन्यास जति बुझ्यो त्यति कठिन, झनझन बुझ्यो झनझन कठिन रहेको बताउनुभयो । उपन्यास डेरा गरी बस्ने सबैको एकताको कथा भएको बताउनुभयो ।
उपन्यासकारले जापानी लेखक हारुकी मुराकामीको प्रसिद्ध उपन्यास ‘1Q48’ को एक अंशबाट प्रभावित भएर उपन्यास जन्मिएको बताउनुभयो ।
पैरवी बुक हाउसले बजारमा ल्याएको यो उपन्यासमा जम्मा २६० पृष्ठ रहेको छ भने उनन्चास खण्डमा विभाजित रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।