वरिष्ठ कवि एवं गीतकांर कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञा पुरस्कार’ र वरिष्ठ कवि एवं गीतकार श्रीमती उषा शेरचनलाई ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमा अति विशिष्ट योगदान दिए वापत रिजाल र शेरचनलाई पुरस्कृत गरिएको वानीरा फाउन्डेसनले जनाएको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ ।भने ‘वानीरा पुरस्कार’को राशि पचास हजार रुपियाँको रहेको छ ।
डा. वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौंमा वानीरा फाउन्डेसन भवनको उद्घाटन हुने भएको छ।सोही अवसरमा वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीबाट यी दुवै पुरस्कार समर्पण गरिने कार्यक्रम संयोजक भगवती बस्नेतले जानकनरी गराएकी छिन् ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।