उत्तमकुमार बज्राचार्यद्वारा लिखित तितेपाती नामक पुस्तक एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन गरिएको छ । प्रमुख अतिथि डा. जगमान गुरुङलगायत अन्य विद्वान्हरूबाट पुस्तकको विमाेचन गरिएकाे हो ।
तितेपातीका बारेमा बाेल्दै प्रमुख अतिथि डा. जगमान गुरुङले भन्नुभयो, “हामीमा समयकाे प्रयाेग गर्ने अनुशासन नभएकाले पछि परेका छाैँ । असफल भएका छाैँ । आयुर्वेद र ज्याेतिषीय गणना गर्दै हस्ता नक्षत्रमा टिपिएकाे जडिबुटीलाई अमृत याेगका बेला प्रशाेधन गरी सफल प्रयाेग गर्नुपर्छ ।” उहाँले धन्वन्तरीका विभिन्न प्रसङ्ग उल्लेख गर्दै आयुर्वेदका विभिन्न प्रसङ्ग र उपयाेगका चर्चा गर्दै याे दैवी र तान्त्रिक शक्तिकाे सही उपयाेग गर्नुपर्ने कुरा बताउनुभयाे ।
“तितेपाती बहुउपयाेगी वनस्पति हाे । तितेपाती आयुर्वेदकाे महत्त्वपूर्ण वस्तु हाे ।” डा. नवराज लम्सालले धारणा राख्दै भन्नुभयो, “यसकाे खाेज गर्न सक्नुभएकाेमा उहाँलाई हार्दिक नमन गर्दछु । तितपातीले गरिने घरेलु उपचार जसकाे कुनै विकल्प छैन । पाैरत्स्य दर्शनले पनि निकै उपयोगी झारबुटी जसलाई मृतसञ्जिवनी बुटी हाे ।”
तितेपातीकै बारेमा बाेल्दै लेखकले तान्त्रिक हिलिङ्मा उपचार पद्धतिमा प्रयाेग गर्दा उसले धेरै प्रकारका राेग निकाे पार्न सकिएकाले सबैका लागि उपयाेगी र उपचारमा सहजताका लागि पुस्तक लेखिएकाे जानकारी दिनुभयाे । तितपातीलाई बिना साइडइफेक्ट देखाइ कम गर्ने ओखतीका रूपमा प्रयाेग गर्न सकिने कुरा उहाँ बताउनु भयाे । चिनमा तितेपातिकाे प्रयाेगद्वारा क्यान्सरजस्ताे अवुर्द राेगसमेत निकाे पारेकाे कुरा उहाँले उल्लेख गर्नुभयो ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएकाे याे पुस्तक निकै उपयाेगी र पठनीय छ । यसकाे अध्ययनबाट सजिलै घरेलु उपचार गर्न सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।