बङ्ग्लादेश-नेपाल मैत्री सङ्घको निमन्त्रणामा राजधानी ढाकामा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक समारोहमा भाग लिन आइतबार नेपाली स्रष्टाहरू ढाका प्रस्थान गर्दैछ्न् ।

साहित्यकार पवन आलोकको नेतृत्वमा ढाका जानेहरूमा प्रा. डा. लक्ष्मण प्रसाद गौतम, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल , दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, उपन्यास समाजका अध्यक्ष शंकर भारती, कवि तथा सम्पदक यादव भट्टराई र कवि उमेश राई अकिन्चन रहेका छन् ।

टोलीलाई बङ्लादेशस्थित नेपाली दुतावासले विशेष स्वागत कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यहाँका महत्त्वपूर्ण स्थानहरुको अवलोकन भ्रमण सकेर टोली आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।