लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि चलचित्र बन्ने भएको छ ।
कारो फिल्म्सले उपन्यासको अधिकार खरिद गरेको जनाएको छ । कम्पनीकी प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयनराज पाण्डेबीच सम्झौतामा हस्ताक्षरसमेत भइसकेकाे छ ।
क्लास्सिक टेकको भगिनी संस्था कारो फिल्म्सले ‘लू’सँगै फिल्म निर्माणमा हात हाल्न लागेको हो । चलचित्र ‘लू’ को पटकथा पनि लेखक नयनराज पाण्डेले नै लेख्ने छन् ।
‘लू’सँगैसँगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं बिग बजेट चलचित्र निर्माण गर्ने जनाएको छ । कम्पनीले अत्याधुनिक प्रविधिका निर्माण सामाग्री पनि भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।
आगामी दिनमा कारो फिल्म्सले वेब सिरिज तथा रियालिटी सोहरु निर्माण गर्ने बताएको छ । ‘आउने दिनमा नेपालको फिल्म क्षेत्रमा उत्कृष्ट प्रविधि भित्र्याउने र ठूला बजेटका चलचित्र बनाएर नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा लाने कारो फिल्मस्को उद्देश्य छ । ‘लू’सँगै हामीले यसको सुरुवात गर्न लागेका हौँ,’ निशाको भनाइ छ ।
यसअघि, पाण्डेका उपन्यास ‘उलार’ र ‘सल्लिपिर’मा पनि फिल्म बनाउने भन्दै निर्माताले अधिकार खरिद गरेका थिए । तर अहिलेसम्म दुवै फिल्मको काम अगाडि बढ्न सकेको छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।