घोस्ट राइटिङ नेपाल, लेखक कुञ्जको आयोजनामा सिर्जनात्मक लेखन प्रशिक्षणका कक्षाहरु हुने भएको छ । चर्चित साहित्यकारहरुबाट सिर्जनात्मक लेखनमा रुचि भएकाहरुलाई प्रशिक्षित गरिने भएको हो । प्रशिक्षण चैत ६ गतेदेखि सुरू हुनेछ ।

सुरु हुन गइरहेको लेखन प्रशिक्षण घोस्ट राइटिङ नेपालको पन्ध्रौँ ब्याज हो । घोस्ट राइटिङले विगत ६ वर्षदेखि सिर्जनात्मक लेखनको प्रशिक्षण कक्षाहरु चलाउँदै आएको छ । यसअघि नै घोस्ट राइटिङले ३०० पढी नवसाहित्यकारहरुलाई प्रशिक्षित गरिसकेको छ ।

प्रशिक्षण लिनेहरुलाई फरक फरक विधामा विशिष्ठता हासिल गरेका तथा नेपाली साहित्यलाई महत्वपूणर् कृति दिइसकेका साहित्कारहरुले प्रशिक्षित गराउने छन् । कुञ्ज थिएटर, थापा गाउँमा सञ्चालन हुने प्रशिक्षणको प्रशिक्षकहरुमा डा. ध्रुवचन्द्र गौतम, खगेन्द्र सङ्ग्रौला, निर्मोही व्यास, डा. दयाराम श्रेष्ठ, नारायण ढकाल, युवराज नयाँघरे, डा. मोहनराज शर्मा, अशेष मल्ल, रोशन शेरभन, बुद्धिसागर, श्रवण मुकारुङ, सुविन भट्टराई, कुमारी लामा, अमर न्यौपाने, मोमिला जोशी, शारदा शर्मा, विप्लव ढकाल, शरदचन्द्र वस्ती, नारायण वाग्ले, श्यामल, रमेश क्षितिजलगायत वरिष्ठ साहित्कारहरु रहेका छन् ।

प्रशिक्षणमा सहभागी हुन चाहनेहरुले टेलिफोन नम्बर ०१५२४४८०१ वा माेबाइल नम्बर ९८५१००४७६१ मा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्ने छन् ।