Chovar Blues Mobile Size

बुद्ध एयरले ८ मार्चको दिन आफ्नो एयरलाइन्सबाट यात्रा गर्ने यात्रुलाई पुस्तक उपहार दिने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुद्ध एयरले ८ मार्चको दिन २५ सय यात्रुलाई पुस्तक उपहार दिने भएको हो ।

कम्पनीले साङ्ग्रिला बुक्ससँगको सहकार्यमा महिला लेखकले लेखेका पुस्तक हवाई यात्रुलाई उपहारका रूपमा दिन लागेको हो । यो दिन पहिलो २५ सय यात्रुले यस्तो उपहार पाउने छन् । बुद्ध एयर भएर दैनिक  ८ हजारभन्दा बढी यात्रुले यात्रा गर्छन् । त्यसमध्ये काठमाडाैँ विमानस्थलबाट यात्रा पर्ने पहिलो २५ यस यात्रुलाई महिला लेखकका विभिन्न पुस्तकहरू उपहारस्वरूप दिन लागिएको बुद्ध एयरले जनाएकाे छ ।

यसका लागि कम्पनीले १० लाख रुपैयाँ खर्च गर्दैछ । उपहार भने महिला\पुरुष सबै यात्रुले पाउने छन् । पुस्तक विभिन्न लेखकका हुनेछन् ।