
पोखरा / सुजित मैनालीको पुस्तक ‘सती’माथि पोखरामा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
पतिको मृत्यु हुँदा पत्नी पनि पतिको चितासँगै जल्नुपर्ने कुप्रथामा पुस्तक आधारित छ ।
लेखक मैनालीले लामो समय लगाएर गरेको अध्ययनबाट सो पुस्तक तयार भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सचिव मनमाया भट्टराई पंगेनीले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।
सो क्रममा उहाँले आज जिउँदा भएका हामीहरू सती पठाउनबाट बचेका आमाहरुबाट जन्मेका हौँ भन्दै पुस्तकले विगतको कहालीलाग्दो समयको यथार्थ वर्णन गरेको कुरा बताउनुभयो ।
कार्यक्रममा लेखक मैनालीसँग प्रस्तोता त्रिवेणी संवाद गरेका थिए । आयोजक संस्था नौलो बहस रहेको सो कार्यक्रमको सञ्चालन दीपक पराजुलीले गरेका थिए ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
